सुन चोरी र मोटरसाइकल आगो लगाएको आरोपित दिपक नेम्बाङ पक्राउ

पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित हेलाङ निवासी २७ वर्षीय दिपक नेम्बाङ पक्राउ परेका छन् । उनले आफ्नै छिमेकी ईन्द्राणी नेम्बाङको घरमा असोज ७ गते झ्याल खोली भित्र पसेर एउटा सुनको चुरा, दुईवटा औंठी र कानमा लगाउने मडुवारीको एउटा सिक्री चोरी गरि फरार भएका थिए ।

फरार नेम्बाङको खोजी गर्दा ९ गते विहान तुम्बेवा गाउँपालिका ४ नम्बर वडास्थित दिदीको घरमा बसिरहेको अवस्थामा स्थानीय र प्रहरी चौकी चिलिङदिन राँकेबाट खटिएको प्रहरीले सोधपुछ गर्दा चोरी गरेको भनि निजले स्वीकार गरेपछि पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । सुन चोरी गर्ने नेम्बाङको अभिलेख चेकजाँच गर्दा २०७८ साउन २९ गते राती फाल्गुनन्द गाउँपालिका ५ घुर्बिसे पञ्चमी बस्ने देउमान आङदेम्बेको प्रदेश नं. १-००३-१ प १७९ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल पार्किङ गरी राखेको ठाउँमा आगो लगाई पूर्णरूपमा क्षती पुर्याई अपराधिक उपद्रव मुद्दामा समेत फरार रहेको  थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई थप अनुसन्धान भइरहेको र असोज १० गते सम्मानित जिल्ला अदालत पाँचथरबाट चोरी मुद्धामा छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार