इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा (माओवादी केन्द्र) को वडा समिति गठन भएको छ ।
बुधबार माङसेबुङ गाउँपालिका-६ स्थित चिसोपानी पन्चमीमा भएको भेलाले सुनिल राईको अध्यक्षतामा माओवादीको वडा समिति गठन गरेको हो ।
समितिका सचिव वीरबहादुर राई चयन भएका छन् । छिट्टै समितिलाई पूर्णता दिने नवगठित समितिका अध्यक्ष राईले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साम्बा कुशल, प्रदेश सदस्य इलाम सहइन्चार्ज कान्छा लावती प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मिलन लिम्बू, केन्द्रीय सदस्य राम योङहाङलगायतको उपस्थिति थियो ।
माओवादी केन्द्रले संचालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत समिति गठन गरेको हो ।
माओवादी केन्द्रले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ नारा साथ गत १६ भदैदेखि तीन महिने अभियान संचालन गरिरहेको छ ।