इलाम : इलामको माङसेबुङ गाउँपालिकामा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
बुधबार माङसेबुङ गाउँपालिका-५, भालुटारमा आयोजित कार्यक्रममा एमालेका टेकहाङ सोङ्मी, रणध्वज सङबाङ्फे र सामाजिक अभियान्ता यामकुमार चेम्जोङ माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
उनीहरूलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साम्बा कुशलले पार्टी सदस्यता पत्र प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् ।
माओवादी केन्द्रले संचालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत पार्टी प्रवेश गराएको हो ।
कार्यक्रममा प्रदेश सदस्य इलाम सहइन्चार्ज कान्छा लवती, प्रदेश सदस्य माङसेबुङ इन्चार्ज लक्षुमन राई जनम, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मिलन लिम्बू, केन्द्रीय सदस्य राम योङहाङ, माओवादी केन्द्र माङसेबुङ अध्यक्ष पृथीमान जबेगूलगायतको उपस्थिति थियो ।
माओवादी केन्द्रले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ नारा साथ गत १६ भदैदेखि तीन महिने अभियान संचालन गरिरहेको छ ।