मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका

  नयाँ बुलन्द
2.3k Shares

 

 

इलाम :  मेची राजमार्गको माइखोला-गोलाखर्क भञ्ज्याङ खण्डमा मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको भएपनि सडकको अवस्था जस्ताको त्यस्तै छ । तराइबाट देखि पहाड आऊ-जाऊ गर्ने मुख्य मार्ग नै हिउँद र बर्खा सवारीका साधन सहज रूपमा गुड्न सक्दैनन्।

राजमार्गको केही भाग भासिएर अहिले सडक नै अबरुद्ध बन्दा सडक मर्मतमा स्थानिय सरकार आफै अग्रसर भएको छ । झापा देखि ताप्लेजुङ सम्म ४ जिल्ला जोड्ने सडकको इलाम नगरपालिकाको माइखोला राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर खण्डमा पर्ने मेची राजमार्ग अहिले धेरै स्थानमा बिग्रिएको छ । कालोपत्रे भत्किएर सडकमा भासिएको छ । सडक धरै स्थानमा खाल्डा परेको छ भने कतिपय स्थानमा सडक भासिएर आधाभन्दा बढी भाग क्षतिग्रस्त भएपछि राजमार्ग एकतर्फीजस्तो भएको छ ।

बर्सेनि करोडौं रुपैया खर्चेर सडक मर्मत गरेपनी दीर्घकालीन समस्याको निकास निस्कन नसकेपछी इलाम नगरपालिकाका जनप्रतिनिधिले बैकल्पिक राजमार्ग निर्माणका लागि पहल सुरु गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले राजमार्ग निर्माणका लागि मन्त्रालयमा पत्राचार समेत गरिएको बताए ।

अहिले संचालनमा रहेको सडक भएर यात्रा गर्ने यात्रुले हिउँद र बर्खामा नै समस्या भोग्नुपरेको छ । यो सडक बर्सेनि भासिदै गएको सडक डिभिजन कार्यालय इलाम सुपरभाइजर नर बहादुर बस्नेतले बताए । उनले यो भासिएको भाग बाहिर कतै नदेखिए पनि बर्सेनि सडक भासिरहेको बताए ।

यहि सडक मर्मतको लागि तत्कालको समस्या हल गर्न इलाम नगरपालिकाले आफ्नो श्रोत साधन प्रयोग गरेर ग्राभेल लगाएको हो । सडक डिभिजन मार्फत बर्सेनि काम भइरहेको भएपनी उक्त काम बालुवामा पानी सरह भइरहेको छ । सडक अप्ठ्यारो भएकाले मर्मत गर्न स्थानीय तथा व्यवसायीले पटक-पटक माग गरेपनि दिर्घकालीन समस्याको समाधानमा अहिले सम्म कसैले चासो देखाएका छैनन्।

माइखोलादेखि गोलाखर्क भञ्ज्याङ खण्डकमा वर्षौंदेखि राजमार्ग भत्किएको सडकको बैकल्पिक मार्ग निर्माण गरिनुपर्ने स्थानीयको आवाज उठाउ थालेको छ । सघिय सरकारले सडक परिवर्तन चासो नदेखिएकोले स्थानिय सरकार आफैले अग्रसरता लिएको इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले बताए । उनले आफै खटेर २ दिनभित्रमा सडकको तत्कालको समस्या समाधान गरिने बताए ।

यो स्थानमा मर्मतकालागि मात्रै करोडौं रुपैयाँ खर्च गरेर ‘रक’ एङ्करिङ प्रबिधि समेत असफल भएपछि सडकको अवस्था दयनीय छ । सडक भासिन क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भएपछि सडकको रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छ ।

२०५३ सालदेखि भासिन सुरु गरेको सडकको माइखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको छ । सडक क्षतिग्रस्त हुने गरेकाले यातायात व्यवसायीले राम्रो अध्ययन गरि मर्मत गर्न आग्रह गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार