विर्तामोड : नेपाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृ शोक परेको छ । कटुवालको आमा इन्द्र माया कटुवालको आज साँझ ७ बजे उपचारको क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।
कटुवाल मृगौला सम्बन्धि रोगबाट पिडित थिइन् । २०१५ सालमा जन्मिएकी इन्द्र माया कटुवालको प्रवेश र गणेश दुई छोरा र दुई छोरी, श्रीमान छन् । एक छोरीको भने निधन भइसकेको छ।
हाल कटुवाल परिवार बिर्तामोड नगरपालिका-१० सैनिक बजारमा बसोबास गरिहेका छन् ।