इलामका निश्कल राई बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको सदस्यमा छानिए

काठमाडौं । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा सांसद इन्दिरा थापा चयन भएकी छन् । विहीबार बसेको साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उक्त समितिको सदस्यमा इलामका क्रियाशील युवा निस्कल राई पनि सदस्यमा छनोट भएका छन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जय बहादुर टन्डन, महासचिबमा डा.विजय मिश्र र कोषाध्यक्षमा राजन खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्राडा बिपिन अधिकारी, प्राडा जिवराज पोख्रेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, हरि ढुंगाना, डा.तुलसी गौतम, मेयर बसन्त बस्नेत र इलामका क्रियाशील युवा राई रहेका छन् । शंकरदेव क्याम्पस काठमाडौंमा नेविसंघको सक्रिय राजनीति हुँदै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १(ख)का सभापतिको जिम्मेवारीमा छन् ।

नयाँ कार्यसमितिले ७७ वटै जिल्ला र सातवता प्रदेशमा बीपी संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । सभाको बैठकले पहिलो चरणमा जिल्ला स्तरीय संवादअन्तर्गत धनकुटा र प्रदेशस्तरीय अन्तर्गत इटहरीमा वीपी संवाद कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार