झापा : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पा (गर्ज्याङ) ले बिपन्न जनताको न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्न माओवादी केन्द्रको “३ महिने रुपान्तरण अभियान” अस्त्र बन्ने दाबी गरेका छन् ।
गरीब निमुखा जनताको आर्थिक पीडालाई सधैं उजागर गर्दै देशको आमूल परिवर्तनका लागि माओवादी केन्द्रले जारी गरेको अभियान अस्त्र बन्ने उनले दाबी गरेका हुन् ।
बुधबार संविधान दिवसको अवसर तथा माओवादी केन्द्र मेचीनगर-१४ द्वारा आयोजित “३ महिने रुपान्तरण अभियान” को समउद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शेर्पाले अभियानले समाजमा शोसक-सामन्तीलाई पाखा लगाउँदै सत्य र इमान्दारीकाे उजागर गराउने बताए ।
जनताको प्रत्यक्ष निगारानीमा माओवादी केन्द्रका नेता कर्याकर्ताले सामाजिक गतिविधि गर्न गराउन आदेश दिँदै उनले माओवादी कार्यकर्ता सच्चा र इमान्दार पार्टी रुपान्तरण हुने बिश्वास व्यक्त गरेका थिए ।
उनले चिनीको उदाहरण दिंदै भने,`चिनी चिनीकै रुपमा हुनुपर्छ, चिनी नुन जस्तै नुनिलो भयो भने त्यसको औचित्य नै रहँदैन, त्यसैले माओवादी पार्टीको आफ्नै बिषेशता र एजेन्डामै रहनुपर्दछ ।´ जनताको गुनासा-पीडा सुन्दै समस्याको समाधानका लागि अभियान लिएर आएकाले पार्टी र जनता नङ्ग र मासुको सम्बन्ध जस्तै बलियो हुनुपर्ने उनको जोड थियो।
माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष प्रधानमन्त्री पुस्पकमल दाहाल र पार्टीका उपाध्यक्षले गृहमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको जानकारी गर्दै उनले देशमा भ्रष्टाचार निर्मुल नभएसम्म जनताले राहत नपाउने उल्लेख गरेका थिए ।कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मोहन राजबंशीले माओवादी पार्टीले ठुलो बलिदानीपछि पुनः जनताकै माँझमा अभियान लिएर आएकाले सबै समुदाय सचेत हुन आवश्यक रहेको बताए । उनले नेताकार्यकर्ताको आचण सुधार भए माओवादी पार्टीले जनअपेक्षा अनुसारको आमूल परिवर्तन गर्नसक्ने बिश्वास बढेकोसमेत उल्लेख गरेका थिए ।
कार्यक्रममा माओवादी क्षेत्र नम्बर-१ संयोजक प्रकाश भण्डारीले माओवादी पार्टीले जनताको अधिकारकै लागि एकात्मक राज्य प्रणालीबाट संघीय राज्य प्रणालीमा राज्यको संरचना परिवर्तन गरेको बताए । उनले सिंहदबारमा केन्द्रीत हुने जनताको कार्यसम्पादनलाई सरल र सहज बनाउन राज्य पुनर्संरचनापछि स्थानीय तहबाटै जनताले अधिकार पाउँदैआएको उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता तामाङ्ग, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालगायतले जनताको सबै समस्याको सामाधानका लागि ३ महिने अभियान फालदायी हुने बताएका थिए ।
४१ जना माओवादी केन्द्रमा प्रवेश
कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पाले दोसल्ला र अबिर लगाएर स्वागत गरेका थिए ।
सहिद परिवारलाई सम्मान
कार्यक्रममा सहिद नेत्र घिमिरेको परिवार नरेन्द्रप्रसाद-मेनुका घिमिरेलाई सम्मान गरिएको छ । सम्मानित घिमिरे नेकपा माओवादी पार्टी जिल्ला सदस्य समेत हुन् ।
कार्यक्रममा मेचीनगर-१४ का बिपन्न ३५ जना जेष्ठ नागरिक, १२ जना एकल महिला, १५ जना एकल पुरुष, १३ जना विद्यार्थी, ३ जना अपांग, ३ जना सुत्केरी महिलालाई साडी, भेस्ट, खादा र विद्यार्थीलााई कपि डटपेन प्रदान गर्दै प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथिहरुले सम्मान गरेका थिए ।
३ महिने अभियानका मेचीनगर-१४ का संयोजक बाबुलाल सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेनुका घिमिरेले स्वागत मन्तव्य तथा शहिद सम्मान गीत प्रस्तुत गरिएको थियो । बाबुलाल सुब्बाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको संचालन वडाका पार्टी अध्यक्ष हेमकुमारी शिवाकोटीले गरेकी थिइन् ।