अखिल क्रान्तिकारीद्वारा मरव क्याम्पस इलाममा सरसफाई (तस्विरहरु)

  नयाँ बुलन्द
119 Shares

इलाम : अखिल क्रान्तिकारीले इलाम सदरमुकामस्थि महेन्द्र रत्‍न बहुमुखी क्याम्पस परिसर सरसफाई गरेको छ । संविधान दिवसको अवसरमा बुधबार अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटीले क्याम्पस परिसर सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साम्बा कुशल, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, इलाम जिल्ला सहइञ्चार्ज कान्छा लावती, इलाम अध्यक्ष बिजय राई, इलाम नगरपालिका अध्यक्ष बिक्रिम लिम्बू, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विपिन पोख्रेल, पूर्व सचिव गञ्जु प्रधान, क्याम्पस स्ववियु सचिव राजेन्द्र लोहारलगायतको उपस्थिति थियो ।

            

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार