फाल्गुनन्दमा बृद्धि भएको कर कार्यान्वयन नगर्न नेकपा एमालेद्वारा ज्ञापनपत्र

  युद्धबहादुर बोहोरा
371 Shares

पाँचथरः फाल्गुन्द गाउँपालिकामा बृद्धि गरिएको कर कार्यान्वयन नगर्न नेकपा एमाले फाल्गुनन्द गाउँकमिटिले ध्यानकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । आर्थिक वर्ष ०८०/८१ देखि लागु हुने गरि २०७९ असार १० गतेको गाउँसाभाले पारित गरेको विभिन्न कर मध्ये सबै भन्दा महङ्गो भूमिकर अव्यवहारिक र अपरिपक्क निणर्य गरि आम नागरिकहरुको ढाड भाँचिने गरी करको दर बृद्धि गरिएको भन्दै मंगलबार पालिका ‍अध्यक्ष बृजहाङ आङ्देम्बे र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक समक्ष ज्ञापनपत्र बुझाइएको छ । मुल्यांकन अनुसार कर वृद्धि गराउनुपर्ने माग राख्दै पार्टीको तर्फबाट ध्यानाकर्षण गराइएको एमाले नेता तथा निवर्तमान गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङले जानकारी दिए ।

व्यवसायिक क्षेत्र, आवासिय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र लगायतको भूमिकर, घरधुरी कर र कृषि जन्यवस्तु निकाशी कर, नागरिकहरुको क्षमताको विकास नगरी अत्याधिक करको दर बृद्धि भएको नेकपा एमालेले आरोप लगाएको छ ।  विश्वव्यापी महामारी (कोभिड) को कारण अर्थतन्त्र कमजोर भई आर्थिक मन्दी, बेरोजगारले समग्र देशको अर्थतन्त्र नै धराशायी अवस्थामा पुगि अर्थतन्त्र भर्खर तङग्रीन्दै गरेको वेला साविकको करमा समेत घटानु पर्ने माग गरेको छ ।  मन्दी आर्थिक अवस्थामा नागरिकले गुजरा गारिरहेको बेला प्रति रोपनी पाँच रुपैंयाबाट वृद्धि गरी प्रति रोपनी एक हजार छ सयदेखि तीन हजार दुई सयसम्म वृद्धि गरिएको कर अवैज्ञानिक भएको गाउँकमिटि अध्यक्ष विनोद आङदेम्बे र सचिव सन्दीप विक्रम नेम्वाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उक्त जग्गाको १० औं वर्षको उत्पादनको आम्दानीले कर समेत तिर्न नपुग्ने भएकोले, भूमिकर, कृषि जन्य निकाशी कर वृद्धिले फाल्गुनन्द गाउँपलिकाका जनतालाई अत्यन्त मार परेकोले १५ दिन भित्र फिर्ता नलिए  आन्दोलन गर्न वाध्य हुने र उक्त समय भित्र फिर्ता नभए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जानकारी गराएको छ ।

यता,पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले ज्ञापनपत्र बुझ्दै यसलाई संशोधन गर्न असोज ४ गते विशेष गाउँसभा बोलाइ सकेको जानकारी गराउँदै व्यवहारिक र पालिकाबासीलाई मार नपर्ने गरि नयाँ करको दर निर्धारण गरिने तयारी हुँदै गर्दा नेकपा एमाले जस्तो जिम्मेवार प्रतिपक्षी पार्टीले देखाएको चासो प्रति उच्च सम्मान गरे ।  वडा मार्फत छलफल भएर आएको निर्णयका आधारमा भू-वर्गीकरणको काम सम्पन्नपछि व्यवसायिक क्षेत्रको भूमिकरमा केही त्रुटि भए तापनि अन्य क्षेत्रमा नागरिकलाई मार पर्ने गरी कर नतोकिएको बताए । १०७.५३ वर्गकिलोमिटर क्षेत्रफल र सात वटा वडा रहेको यस पालिकाकाको ३ नम्बर वडालाई मेची राजमार्गको कालो पत्रे सडकले छोएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार