इलाम : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले समाजवाद बिना समृद्धि सम्भव नुहुने बताएका छन् । एमाले प्रदेश कमिटीले इलाम चोक बजारमा आयोजना गरेको सुवासचन्द्र नेम्बाङको श्रद्वाञ्जली सभामा बोल्दै समाजवादी शासन व्यवस्था स्थापनामा नेम्बाङको योगदानलाई बिर्सन नुहुने बताए ।
‘संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले समाजवादी व्यवस्थाका लागि देखेको सपना हामी सबैले पुरा गर्नु वर्तमानको आवश्यकता हो’ उपाध्यक्ष थापाले भने, ‘नेम्बाङ कम्युनिष्ट आन्दोलनमा सर्मपित लोकतन्त्रवादी नेता हुँन । उहाँकै नेतृत्वमा मुलुक गणतन्त्रमा प्रवेश गर्यो, समावेशी लोकतान्त्र संस्थागत भयो, धर्मनिरपेक्ष राज्य घोषणा भयो ।’
थापाले नेपाली समाजको विकास र प्रगतिका निम्ति कृषिको क्रान्ति बिना सम्भव नहुने भन्दै, समाजको विकासका क्षेत्रमा समाजवादी शासन व्यवस्थालाई बैधानिकता दिन नेम्बाङको बलिदानलाई सबैले बुझ्न आग्रह गरे ।
‘नेम्बाङ सच्चा देशभक्त हुन । बाह्य हस्तेक्ष देशको स्वधिनका पक्षमा लड्नु भो । बाह्य हस्तक्षेपको विरुद्ध सर्घष गर्नुभयो’ थापाले भने, ‘समाजवादको दिशा तिर अगाडि बढेकोले मुलुकको संविधान निर्माण गरेर नेम्बाङले सच्चा देश भक्तको रूपमा नेपाली लोकतान्त्रिक क्रान्तिलाई बैधानिकता दिएका छन् ।’
मुलुकका लागि नेम्बाङले दिएको योगदानलाई सम्मान गर्दै, मूल्याङ्कन गरेर देशव्यापी श्रद्वाञ्जली सभा गरेको जानकारी गराउँदै उपाध्यक्ष थापाले उहाँले देखाएको बाटो र सपना पुरा गर्नु सम्पूर्ण नेपालीको दायित्व भएको बताए ।
एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठ, जिल्ला इन्चार्ज डा.शिवमाया तुम्बाहाम्फे, एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, पुर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, नेकपा एमालेका सचिव रघुविर महासेठ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दहाल, नेपाली कांग्रेस इलामका पुर्व सभापति हिमालय कर्माचार्य, नेकपा माओवादी केन्द्रका कान्छा लावती, नेकपा एकिकृत समाजवादीका इलामका अध्यक्ष भक्त केसी लगायतका वक्ताहरुले स्वर्गीय नेम्बाङको योगदान बारे चर्चा गरेका थिए । कार्यक्रममा स्वागत एमाले इलामका अध्यक्ष महेश बस्नेतले गरेका थिए ।
एमाले उपाध्यक्ष, इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वसभामुख नेम्बाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।