‘कोसी’ नामविरुद्ध पहिचानवादीको विरोध प्रदर्शन (तस्विरहरु सहित)

विराटनगर : ‘कोशी’ प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले आज मंगलवार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित प्रदेश राजधानी रहेको मोरङको विराटनगर आएका पहिचान पक्षधरहरूले अहिले महेन्द्र चौकमा विरोध प्रदर्शन गरेका हुन ।

उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’लगायतका नारा लगाएर विरोध जनाएका छन । जिल्ला प्रशासन कार्यालयले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ ।

प्रदेशसभा पूर्वमा रहेको देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै रोडशेष चौकदेखि दक्षिण जतुवा चौक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकिएको छ ।

वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीकै नेत्तृत्वमा गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गरेको थियो । त्यसपछि आन्दोलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार