स्कुटीले मिनी ट्रकलाई ठक्कर दिँदा दुई घाइते

  नयाँ बुलन्द
259 Shares

इलाम : रोकी राखेको मिनी ट्रकलाई स्कुटीले ठक्कर दिँदा इलामको सूर्योदयमा दुई जना घाइते भएका छन् ।

मेची लोकमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका-७ कन्यामबाट फिक्कलतर्फ आउँदै गरेको मे ११ प ६३३० नम्बरको स्कुटीले सोही स्थानमा रोकी राखेको मे १ ख ३२०१ नम्बरको मिनि ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटीका चालक सुर्योदय नगरपालिका-११ मुर्तीडाँडाका ३७ वर्षीय पञ्च लिम्बू र स्कुटीमा सवार पाँचथरको फालेलुङ गाउँपालिका-६ २८ वर्षीय निर्मल राई घाइते भएका हुन् ।

लिम्बूको बायाँ आँखाको डिलमा र राईको टाउकोको दाहिने भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुवै घाइतेलाई फिक्कल अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर झापा पठाईएको प्रहरीले जनाएको छ ।

अवस्था दुवैको मध्यम रहेको र मिनि ट्रक चालक झापाको हल्दिबारी गाउँपालिका-२ पारखोपीका २६ वर्षीय दिपेश मेचेलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश जवेगूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार