भीम राईको संयोजकत्वमा श्रमजीवि मिडिया संजाल गठन

  नयाँ बुलन्द
224 Shares

इलाम : प्रेस सेन्टर नेपाल प्रदेश १ को प्रदेशस्तरीय सम्मेलन शनिबार सकिएको छ ।

शुक्रबारदेखि इलामको पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिका-३, देउराली बजारमा सम्मेलन आयोजना भएको थियो ।

सम्मेलनले श्रमजीवि पत्रकारहरुले संचालन गरेको स्वरोजगारमूलक मिडियाहरुको हकहित संरक्षण र प्रवर्द्धनमा सहयोग गर्ने उदेश्यले भीम राईको संयोजकत्वमा ११ सदस्यीय संजाल गठन भएको छ  ।

संजालको सचिवमा राम योङहाङ चयन भएका छन् ।

सदस्यहरुमा मोहन भट्टराई, अर्जुन आचार्य, सत्यनारायण शर्मा, विक्रम राई, प्रमोद यादव, गणेश तिम्सिना, लिलाराज झापाली, झुलन रेग्मी र एलिना दियाली चयन भएका छन् ।

सल्लाहकारहरुमा गंगा बराल, महेश्वर चाम्लिङ र दिपिन राई चयन भएका छन् ।

सम्मेलनमा प्रदेश १ का १४ जिल्लाका श्रमजीवि पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनले १४ बुँदे ‘सन्दकपुर घोषणापत्र २०८०’ समेत जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार