सन्दकपुर : कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरको पर्यटन प्रवद्र्धनमा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री, राजनीतिक दलका नेतासँगै पत्रकारले आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । प्रेश सेन्टर नेपाल कोशी प्रदेश समितिले आयोजना गरेको सन्दकपुरको पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदर किराँती, राजनीतिक दलका नेता र प्रदेशका १४ जिल्लाबाट उपस्थित पत्रकारहरुले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । संघीय सरकारबाट एक प्रदेश एक सास्कृतिक ग्राम घोषणा गरिएको सन्दकपुर गाउँपालिका कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य हो ।

पर्यटकको रोजाईको गन्तव्यको रुपमा रहेको सन्दकपुरको पर्यटन प्रवद्र्धनमा संघीय सरकार प्रतिवद्ध रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले बताए । सन्दकपुरको पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै मन्त्री किराँतीले अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले इलामको शीर सन्दकपुर गाउँपालिकामा संघीय सरकारको लगानी बढ्ने प्रतिवद्धता जनाए । कनकाई माई नदीको मुहान, ६० बढी हिमश्रङ्खलाको दृश्यावलोकन गर्न सकिने विश्वको एक मात्रै क्षेत्र सन्दकपुरको प्रचारप्रसारका लागि मन्त्रालयले अहिलेसम्म लगानी गरिरहेको र आगामि दिनमा थप बढेको व्यवस्था गर्ने मन्त्री किराँतीले बताए ।

पर्यटन भनेको एक सस्कृति हो मन्त्री किराँतीले भने–‘हाम्रो रहनसहन, खानपिन, कृषि उत्पादन, पशुपालन, प्रकृति, जातजातीको सस्कृति, वन्यजन्तु, चराहरु र प्राकृतिक सुन्दरता पर्यटन भएको र सन्दकपुरमा यी सबै कुरा पाइने भएकाले अब सबै मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेछ । उनले भने–‘पर्यटन प्रवद्र्धनबाट सन्दकपुरका आय आर्जनमा वृद्धि गर्न हामी सबै एक भएर लागेमा असम्भव भन्ने हुँदैन, सबै एक भएर सन्दकपुरको पर्यटनबाट अर्थतन्त्र विकासमा लागौँ ।’ विश्वका धेरै देशमा पर्यटकहरुको आकर्षक क्षेत्र कृतिम हुने गरेपनि नेपालको जहाँ टेक्यो, त्यहि पर्यटकीय क्षेत्र भएकाले सन्दकपुरबासी एक भएर हाम्रा प्राकृतिक सुन्दरताले भरिएका क्षेत्रहरुलाई सधैँ सफा र आकर्षक बनाउन कृतिम संरचना निर्माण गर्नुनपर्ने मन्त्री किराँतीले बताए ।

सन्दकपुरको पर्यटन प्रवद्र्धनमा सन्दकपुरका नागरिक र जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण रहेकाले पालिकाबासीबाट आउने जुनसुकै प्रस्तावहरु संघीय सरकारले क्षमताले भ्याएसम्म गर्ने मन्त्री किराँतीले प्रतिवद्धता जनाए । जैविक विविधता, धार्मिक, सास्कृतिक, प्राकृतिक सुरन्दरताले भरिएको सन्दकपुर सुनको अण्डा जस्तै भएकाले यसलाई प्रचारप्रचारमा मन्त्रालयले चालु आर्थिक वर्षमा नै सक्ने सहयोग गर्ने मन्त्री किराँतीले बताए । जातजातिको संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम हुने भएकाले सरकारले सस्कृति ऐन पनि निर्माणको तयारी भइरहेको उनले बताए ।

अन्तरक्रियामा बोल्दै कोशी प्रदेशसभाका सदस्य गणेश उप्रेतीले पर्यटकीय जिल्ला इलामको पर्यटकीय गाउँपालिकामा प्रदेश सरकारले आफ्नो स्थापनाकालदेखि लगानी गर्दै आएकाले आगामि दिनमा अझ सरकारको साथ रहने बताए । लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठन भएको प्रदेश सरकारले सन्दकपुरको शीर रहेको सन्दकपुर डाँडामा पर्यटन पूर्वाधार निर्माणले गति लिएको छ । उनले भने–‘सन्दकपुरको विकासका लागि प्रदेश सभा सदस्य पूर्व सस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुको पहलले धेरै काम भएका छन ।’ कोशी प्रदेशकै अर्थतन्त्रको विकासमा ठुलो सहयोग पु¥याउने सन्दकपुरको पर्यटन प्रवद्र्धनमा प्रदेश सभाका सदस्यले सरकारलाई ध्यानआकर्षण बिषयमा आफु प्रतिवद्ध भएर लाग्ने उप्रेतीले बताए ।

सन्दकपुर पर्यटन प्रवद्र्धनका लागि राजनीतिक दलहरुपनि एक भएर लाग्नुपर्ने नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङले बताए । राजनीतिक परिवर्तनका लागि ७० वर्षसम्म लडेका राजनीतिक दलहरु अब आर्थिक विकासका लागि एक भएर लाग्नुपर्छ अध्यक्ष नेम्बाङले भने–‘पर्यटन र जनश्रोतका माध्यमबाट मात्रै हामीले देशको अर्थतन्त्र विकास हुने भएकाले सबैले ध्यान दिनुपर्ने हुन्छ ।’ पाँचथर जिल्लासँग जोडिएको सन्दकपुर गाउँपालिकामा भारत भएर लाखौँ पर्यटकहरु आउने भएकाले हामीले पनि पूर्वाधारको विकास गरि नेपाली सडक हुँदै पर्यटकहरु पु¥याउन प्रेश सेन्टरको अभियान महत्वपूर्ण रहेको बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इलाम इञ्चार्ज कुसल लिम्बुले इलामको शीर सन्दकपुर गाउँपालिका पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले संघीय र प्रदेश सरकारलाई ध्यान आकर्षण निरन्तर गराउने बताए । भारतबाट ७ दशक अघि पर्यटन प्रवद्र्धनका काम भएका छन् उनले भने–‘हामीले ढिलो गरि मात्रै पूर्वाधार विकासका लागि काम गर्दै छौँ, त्यसैले अब हाम्रो पर्यटन प्रवद्र्धनको काम रोकिनु हुँदैन ।’ सबै मिलेर हामीले सन्दकपुरको प्रवद्र्धन गर्यौ भने हाम्रो प्रदेशको अर्थतन्त्र विकासमा ठुलो सहयोग पुग्नेछ लिम्बुले भने ।

अन्तरक्रियामा बोल्दै नेकपा माओवादी केन्द्र इलाम अध्यक्ष बिजय खम्बुले राजनीतिक परिवर्तनमा लागेका पत्रकारहरुले देशको आर्थिक विकासका लागि कमल चलाउने बेला आएको बताए । ७० वर्ष लामो आन्दोलनपछि देशमा संविधान निर्माण भएकाले अब अर्थतन्त्र विकासका लागि लागि पर्नुपर्ने उनले बताए ।
अन्तरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालीले आफ्नो देशमा पाइने प्राकृतिक सुन्दरताको प्रचार गरे मात्रै पर्यटन विकास हुने बताए । पर्यटकीय जिल्ला इलाममा धेरै पर्यटकीय गन्तव्यहरु रहेका छन् उनले भने–‘हामीले इलामको चिया बगान, उद्योग, माईपोखरी, कन्याम, सन्दकपुर अन्तु, जौबारी, लोपउन्मुख वन्वयन्तु रेडपाण्डाको प्रचार गरि पर्यटन प्रवद्र्धनमा लागौँ भने देशको अर्थतन्त्र विकासमा ठुलो सहयोग पुग्नेछ । देशको मुख्य श्रोत पर्यटन बनाउन सबै नेपाली एक भएर लाग्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी पोखरेलको जोड थियो ।

अन्तरक्रियामा प्रेश सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटाले सधै जनताका पक्षमा कमल चलाउने पत्रकारहरु अब देशको विकास र सवृद्धिका लागि अघि बढेको बताए । राजनीतिक परिवर्तनका लागि डटेर काम गर्दै आएका पत्रकारहरुले अब सवृद्धिका पक्षमा कमल चलाउन थालेकाले सरकारले पनि बिषेश ध्यान दिनुपर्ने सापकोटाको भनाइ थियो । लेख्न पाउने र बोल्न पाउने स्वतन्तत्रता सुरक्षित रहेको अवस्थमा पत्रकारले देशको सवृद्धिका लागि बिषेश ध्यान दिएकाले प्रेश सेन्टरले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सन्दकपुरमा कार्यक्रम आयोजना गरेको उनले बताए ।

परिवर्तनको पक्षमा लड्ने पत्रकारको संस्था प्रेश सेन्टरले रचनात्मक कार्यक्रम गर्दै आएकाले कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता बराइलीले पत्रकारले सहरी क्षेत्रमा मात्रै हैन ग्रामिण क्षेत्रमा गर्ने कार्यक्रमले ग्रामीण अर्थतन्त्रको विकासमा पनि सहयोग पुग्ने बताइन् । उनले भनिन् अब पत्रकारहरु गाउँ गाउँको विकास र सम्भावनाको खोजी गरि देश विकासमा लाग्नुपर्छ । देशको अर्थतन्त्र विकासका लागि ध्यान दिँदै पर्यटन प्रवद्र्धनमा सघाउँदै आएको अध्यक्ष सापकोटाको भनाइ रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव बिवेक गौतमले मोफोसलमा संचालनमा रहेका संचारमाध्यमका सम्पादकहरुको उपस्थितिले सन्दकपुर पर्यटन प्रवद्र्धमा ठुलो सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघले जहिले पनि सरकारसँगको समन्वयमा देशको सवृद्धि र विकासका पक्षमा कलम चलाउँदै आएकाले सन्दकपुरको पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराईले सन्दपुरको पर्यटन प्रवद्र्धनमा तीनै तहका सरकारको समन्वय असन्दावश्यक रहेको बताए । पर्यटनका माध्यमबाट सन्दकपुरको मात्रै नभएर प्रदेशकै अर्थतन्त्र सुर्धान सकिने भएकाले सबै पर्यटन मन्त्रीको बिषेश ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ इलामका सचिव तथा प्रेश चौतारी महासंघ इलामका अध्यक्ष भिम चापागाईले पत्रकारहरुका संघ संस्थाहरुले गर्ने रचनात्मक कामले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । संचारमाध्यमले देशको अर्थतन्त्र विकासका लागि योगदान गर्ने समय आएको उनको भनाइ थियो । कार्यक्रममा सन्दकपुरको पर्यटन विकासमा गाउँपालिकाका जनप्रतिनिधिहरु र पर्यटन मन्त्रीबिच अन्तरक्रिया भएको थियो ।