कोरियामा पानी जहाज कम्पनीमा लैजाने भन्दै ठगिएका इलामका १७ युवाको रकम फिर्ता

  नयाँ बुलन्द
2.4k Shares

इलाम : कोरिया कामदारको रूपमा पठाउने भन्दै ठगि गरेको रकम १७ जनाको रकम फिर्ता भएको हो । कोरियामा पानी जहाज कम्पनीमा काम गर्नका लागि पठाउने भन्दै इलाममा तालिम लिएका १७ जनालाई रकम फिर्ता दिएको हो ।

सरकारले भाषा पास नगरी कोरिया जान नपाइने भने पनि इलाममा सिधै कोरिया पठाउने भन्दै पैसा उठाउँदै तालिम सञ्चालन गरिएको थियो । उक्त तालिम सेन्टर अवैधानिक रूपमा सञ्चालन भएको र नियम विपरीत कोरिया लैजाने भन्दै १६ लाख रकम लाग्ने भन्ने अडियो पछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा १७ जनाले ठगिएकाे भन्दै  उजुरी हालेका थिए ।  उजुरी परेपछि उनीहरूको पैसा सुरेन्द्र राईले फिर्ता दिएकाे प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल बताए ।

कोरिया जानका लागि सिप सिक्न भन्दै सुरुमा ९१ हजार रुपैयाँ तिरेर तालिम लिएर स्किल टेस्ट भन्दै २४ हजार  रुपैयाँ उठाइएको थियो । ठगी गरेको भन्दै उजुरी परेपछि एक लाख रुपैयाँका दरले रकम  फिर्ता गरेको बुझिएको छ ।

कोरियामा कामदारको लागि पठाउने भन्दै आश्वासन दिएर ठगी गरिरहेको भन्दै प्रजिअ पोख्रेल कसैले कोरिया पठाउँछु भन्दै रकम माग्छ भने  त्यस्तोमा नलाग्न आग्रह गर्छन् । जी टु जी (गर्भरमेन्ट टु गर्भमेन्ट) बाहेक कसैले पनि कोरिया लैजान नसक्ने भन्दै ठगिबाट जोगिन आग्रह गरेका छन् ।

कामदारको रूपमा पठाउने भन्दै इलामको टुँडिखेल छेउमा तालिम सेन्टर दर्ता नै नगरी सिप सिकाउन थालियो । उक्त तालिम सेन्टर गैर कानुनी भएको ठहर गर्दे जिल्ला प्रशासन कार्यालयले झापाको मुस्कान इन्जिनियरिङ सँगको मिलेमतोमा गैर कानुनी रूपमा तालिम सञ्चालन गरिरहेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई कार्वाहिका लागि पत्र पठायो ।

पत्र पछि परिषद्ले मुस्कान इन्जिनियरिङलाई सोधेको स्पष्टीकरणमा आफूले कसैलाई पनि सहमति नदिएको भन्ने जवाफ आएपछि अहिले एसइई स्किल ट्रेनिङ सेन्टरलाई सिटिइभिटिले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार