इलाम नगरपालिकाले प्राप्त गरेको “हेल्थ अवार्ड”को चौतर्फी आलोचना

इलाम : उपचारका लागि अस्पतालमा बिरामी राख्ने बेड नहुँदा भुईँमा राखेर उपचार गर्न इलाम अस्पताल बाध्य भएको बेला इलाम नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको अभ्यास र सकारात्मक पहलको उच्च मूल्याङ्कन भएको भन्दै “हेल्थ अवार्ड”बाट सम्मान भएको छ ।

अस्पतालको दयनीय अवस्था झलझली भएको बेला स्वास्थ्यमा उत्कृष्ट अवार्डबाट सम्मानित हुँदा चौतर्फी आलोचना भइरहेको छ ।
स्वास्थ्य क्षेत्रमा गरेको अभ्यास र सकारात्मक पहल भन्दै भदौ २२ गतेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इलाम नगरपालिकाका प्रमुख केदार थापालाई सम्मान पत्र प्रदान गर्दे सम्मान गरे ।

उक्त सम्मान पश्चात् सामाजिक सञ्जालमा धेरै आलोचना समेत चलो त्यही बेला इलाम अस्पतालका बिरामी भुईँमा सुतेर उपचार गराइरहेका थिए । सरकारले हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने   भएपछि इलाम नगरपालिकाले इलाम अस्पताललाई नै सञ्चालन गर्ने भएको थियो ।

अस्पताल इलाम नगरपालिकामा भएको कारण पनि  स्थानीय तहमा ५० शैयाको अस्पताल आवश्यक रहँदा नगरपालिकाले इलाम अस्पताललाई नै  सञ्चालन गर्ने भएको थियो । नगरपालिका भित्रको मात्रै नभई जिल्लाकै अस्पतालको अवस्था दयनीय भइरहँदा स्वास्थ्यमा उत्कृष्ट भएको भन्दै नगरपालिकाले सम्मान थापिरहँदा स्वास्थ्य क्षेत्रको अवस्थाबारे प्रश्न उठेको छ ।

अस्पतालमा दरबन्दी भएर डाक्टर छैनन्, भएका उपकरण पनि सञ्चालनमा आउन सकेका छैनन् यस्तो अवस्थामा इलाम नगरपालिका सम्मानित हुँदा नगरपालिका नजिक रहेको अस्पतालले नगरपालिकालाई मात्र हैन जिल्लालाई नै गिज्याइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार