प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलन इलाममा, मन्त्री किरातीले उद्घाटन गर्ने

इलाम : इलामको पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिकाको देउराली बजारमा दुई दिने मिडिया सम्मलेन हुँदैछ ।

नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल प्रदेश १ समितिले शनिबार र आइतबार प्रदेशस्तरीय मिडिया सम्मेलन गर्न लागेको हो ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको महासचिव तिम्सिनाले जानकारी दिए । सम्मेलनमा नेपाल पत्ररका महासंघले सञ्चालन गरेको सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायतका विषयमा बृहत बहस र छलफल हुनेछ ।

सम्मेलनमा प्रदेश १ भरीका प्रेस सेन्टर नेपाल आबद्ध मिडिया संचालक तथा सम्पादकहरु गरी करिब एक सय जना सहभागी हुने बताईएको छ ।

सम्मेलनको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने प्रेस सेन्टर नेपाल प्रदेश महासचिव सुजन तिम्सिनाले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्न मन्त्री किराती आइतबार बिहान पहिलो पटक इलामको सन्दकपुर गाउँपालिका आउने भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार