काठमाडौँ : पूर्संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
शोक प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताएका छन् । सभामा सांसदहरु भावुक मुद्रामा उपस्थित भएका थिए ।
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । ७१ वर्षको उमेर यही भदौ २६ गते हृदयघातबाट नेम्वाङको निधन भएको थियो ।