प्रेस मञ्चका केन्द्रीय सदस्य युद्धबहादुर बोहोरा मञ्चबाट अलग

  नयाँ बुलन्द
399 Shares

इलाम : जनता समाजवादी पार्टीको सुभेच्छुक संगठन प्रेस मञ्चका संघीय (केन्द्रीय) सदस्य युद्धबहादुर बोहोरा मञ्चबाट अलग भएका छन् ।

विहीबार प्रेस मञ्च नेपाल संघीय समिति काठमाडौंमा राजिनामा पत्र पठाउँदै आफू मञ्चबाट अलग भएको जनाकारी गराएका छन् ।

विगत ८ वर्षदेखि प्रेस मञ्चमा आवद्ध बोहोराले पछिल्लो समय मञ्‍चमा देखिएको सांगठानिक अस्थीरता र अस्वस्थ गुटबन्दीका कारण संगठन विघटनतर्फ उन्मुख भईरहेको उल्लेख गर्दै प्रेस मञ्‍च नेपालको संघीय सदस्य पदबाट राजिनामा दिएको जानकारी दिएका छन् ।

बोहोरा २०७२ मा तत्कालिन संघीय समावदी पार्टी नेपालको सुभेच्छुक संगठन संघीय प्रेस युनियन नेपालमा आवद्ध हुँदै गत वर्षदेखि प्रेस मञ्च नेपालको संघीय सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

बोहोराले आफू मञ्चको जिम्मेवारीमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, लोकतन्त्र तथा मानव अधिकारको संवर्द्धन, शुसासन, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको निर्माण गर्दै समग्र श्रमजीवि पत्रकारहरुको पेशागत हकहितका लागि विभिन्न स्वरुपको भूमिका निर्वाह गरेको स्मरण गर्दै आफूले निर्वाह गरेको भूमिकाप्रति गर्ववान्वित भएको उल्लेख गरेका छन् ।

विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील बोहोरा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका कार्यसमिति सदस्य हुन् ।उनी इलामबाट सञ्चालित नयाँ बुलन्द डटकम अनलाइनका उपसम्पादक एवम् झापाबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिकका संवाददाता हुन् ।

इलामको फाकफोकथुम गाउँपालिका-१ स्थायी बासिन्दा रहेका बोहोरा इलाम र पाँचचरको सीमाना घुर्बिसे पञ्चमी बजारबाट व्यावसायिक पत्रकारिता गर्दै आइरहेका छन् ।

बोहोरा २०७४ को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका समानुपातिक उम्मेद्वार समेत बनेका थिए । तर पछिल्लो समय उनी राजनीति भन्दा पत्रकारितामा क्रियाशील छन् ।

हेर्नुहोस् राजिनामापत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार