चुलाचुलीमा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश

  नयाँ बुलन्द
1.2k Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका-६ साकफारामा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने लहर सुरु भएको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा साथ माओवादी केन्द्रले सुरु गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत आयोजना गरेको कार्यक्रममा एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्र वडा अध्यक्ष दुर्गा नेपालीको अध्यक्षमा भएको कार्यक्रममा पार्टी प्रदेश, प्रशिक्षण एवं अभियानको सन्दर्भमा ब्यापक संवादसँगै प्रवेश गर्नेलाई पार्टीले स्वागत गरेको छ ।

पार्टी केन्द्रीय सदस्य एवम् अभियान इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नविनकुमार विश्वकर्मा, बुद्धमाया विश्वकर्मा, साजन विश्वकर्मा, चन्द्रकला विश्वकर्मा, दिपेन राई विश्वकर्मा, मानबहादुर बराईली, जितबहादुर शंकरलगायत एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सहइन्चार्ज हर्क लावती कान्छा, प्रदेश सचिवालय सदस्य एवम् जिल्ला संयोजक विजय खम्बूलगायत जिल्ला र गाउँ समितिको नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कुशलले आम नेपाली समुदायले परिकल्पना गरेको अधिकार सम्पन्न सुन्दर, सम्बृद्ध विभेदरहित नेपाल माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएकोले सबैलाई माओवादी केन्द्रमा गोलबन्द हुन आव्हान गरे ।

फरक प्रसंगमा पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जनभावना अनुरुप नै भ्रष्टाचार विरुद्ध र सुसासन एवं सम्बृद्दिको पक्षमा कदम चालेकोले आम सचेत नागरिकले साथ दिनु पर्नेमा जोड दिए । पछिल्लो सबै खाले परिवर्तन माओवादी नेतृत्वमा भएकोले यसको जोडदार कार्यनयन सगै आम नागरिकको रसपना साकार पार्ने माओवादी कै दायित्व र जिम्मेवार भएकोले जनयुद्धमा जस्तै नागरिकको मन र विस्वास जितेर पार्टी निर्माणमा लाग्न कार्यकर्तालाइ निर्देशन दिए ।

यस्तै सहइन्चार्ज कान्छाले पार्टीकै अजेन्डामा मुलुक अघि बढी रहेको उल्लेख गर्दै बाँकी अधिकार प्राप्तिको लागि समेत संगठन ब्यवस्थित गर्न जनसम्बन्ध विस्तार गरेर लाग्न जोड दिए ।

जिल्ला संयोजक विजय खम्बूले अभियानको क्रममा सदस्यता विस्तार एवम् नविकरण, भ्रष्टाचार विरुद्ध जागरण, पार्टी र सरकारको निति तथा कार्यक्रम नागरिकलाई जानकारी गराउने, जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता तथा घाइते परिवार भेटघाट तथा सम्मान गर्दै सृजनसिल र रचनात्मक अभियान चलाने जानकारी दिए । पार्टी प्रवेश गर्नेलाई अतिथि एवम् आयोजकले भब्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार