माओवादीको श्रमदान : दुर्गा माविको खेलमैदान सरसफाई

  नयाँ बुलन्द
476 Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले इलामको माङसेबुङ गाउँपालिका-३स्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदान सरसफाईमा श्रमदान गरेको छ ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र माङसेबुङ-३ वडा समितिले शनिबार दुर्गा माविको खेलमैदान सरसफाईमा श्रमदान गरेको हो ।

सरसफाईको क्रममा माओवादीहरुले खेलमैदानमा फैलिएको घाँस काट्नुका साथै विभिन्न फोहोर टिपेका थिए ।

श्रमदानमा अभियानका वडा कमाण्डर एवम् माङसेबुङ गाउँपालिका-३ का वडा अध्यक्ष लक्षुमन राई जनम, दुर्गा माविका प्रधानाध्यापक दिलबहादुर राई, शिक्षक सुवर्ण राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनकुमार साम्बा, जीवन ज्योति माविका शिक्षकहरु डेविड सुनुवार र नरेश देवान, बालदिप आविका प्रधानाध्यापक बलबहादुर काफ्ले, माङसेबुङ खेलकुद समन्वय समितिका सदस्य प्रविण लिम्बू, फाल्गुनन्द टोल विकास संस्था भङ्ज्याङका अध्यक्ष दोर्ण लिम्बू, हामी स्वयमसेवि अभियान माङसेबुङ सदस्य माङसेबुङ-६ का विजेस राईलगायतको सहभागिता रहेको थियो ।

माओवादी केन्द्र माङसेबुङ-३ वडा कमिटिको आयोजनालाई स्वीकार गरी सर्वदलीय उपस्थितिले माङसेबुङ गाउँपालिका-३ भित्रको भाईचाराको एक उदाहरणीय पक्ष देखाएको माओवादी केन्द्र माङसेबुङ-३ का अध्यक्ष सजन राईले बताए ।

माओवादीले सो वडामा प्रत्येक शनिबार सार्वजनिक स्थलमा श्रमदान गर्नेछ । यसअघि जीवनज्योति मावि र चतुरे बजार सरसफाई गरेको माओवादीले आउँदो शनिवार माङसेबुङ गाउँपालिका-३ वालिङ भङ्ज्याङस्थित लक्ष्मी बाल बिध्या बोर्डिङ स्कूलको शौचालय भुइँ ढलान साथै सरसफाईमा श्रमदान गर्ने अध्यक्ष राईले जानकारी दिए ।

माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’को क्रममा भदौ १६ गतेदेखि गाउँगाउँ पुगेका छन् । पार्टीका आन्तरिक बैठक सकेर जनश्रमदान, सामाजिक कार्य, भेला बैठक, अन्तरक्रियासहित जनस्तरमा पुगेर पार्टीप्रतिका गुनासा र अपेक्षा लिने काम गरिरहेका छन् ।

श्रमदानका तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार