जनतासँग माओवादी अभियान : श्रमसँगै जनतासँग जोडिँदै माओवादी

  नयाँ बुलन्द
49 Shares

विराटनगर : नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु ‘जनतासँँग माओवादी, विशेष रुपान्तरण अभियान’को क्रममा भदौ १६ गतेदेखि गाउँगाउँ पुगेका छन् ।

पार्टीका आन्तरिक बैठक सकेर जनश्रमदान, सामाजिक कार्य, भेला बैठक, अन्तरक्रियासहित जनस्तरमा पुगेर पार्टीप्रतिका गुनासा र अपेक्षा लिने काम भइरहेको पार्टी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

प्रदेशका १३७ वटा पालिकाका ११५७ वडामध्ये १००० वडामा १६ गते अभियान उद्घाटन भएर सञ्चालनमा रहेको र अन्य वडामा पनि अहिले अभियान चलिरहेको पार्टीले जनाएको छ । आफ्ना कमी कमजोरीप्रति आत्मालोचना गर्ने, जनताका सुझाब सुन्ने र त्यस अनुसार आगामी कार्यक्रम बनाउने योजनासहित अभियान चलिरहेको नेम्बाङले बताए ।

अभियानको क्रममा विभिन्न जिल्लामा वाड तहमा पार्टीका केन्द्रीय र प्रदेश तहका नेता तथा कार्यकर्ताहरु खटिएका छन् । उनीहरुले पार्टी र सरकारले गरेका राम्रा कामको प्रचार गर्ने तथा आगामी कामबारे नागरिकको राय सुन्ने बताइएको छ । अभियानको क्रममा लामो समयदेखि शहर केन्द्रीत भएका पार्टीका केन्द्रीय नेताहरु पनि अहिले गाउँ पुगेका छन् ।

अभियानको क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मङ्गलटारस्थित सहिद स्मृति पार्कमा बृक्षारोपण गरिएको छ । सहिद पार्कमा विभिन्न प्रजातीका विरुवा रोपिएको पार्टीले जनाएको छ ।

अभियानको क्रममा माओवादी केन्द्र जिल्ला इन्चार्ज चम्पा कार्कीको उपस्थितिमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ मा पार्टीको बैठक बस्दै अभियानको दोस्रो चरण शुुरुवात गरिएको छ । र्टी संगठनलाई सुदृढ गर्दै जनताको चासो, गुनासो, आवश्यकताको पहिचान गर्दै आम जनताको विचमा माओवादी अभियानलाई पुु¥याउने निर्णयका साथ माओवादी खोटाङले पहिलो चरणको कार्यक्रम सकिसकेको छ ।

उता संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोला वडा कमिटीको आयोजनामा भएको बुधबारेदेखि वासेक खोलासम्म सडक सरसफाई गरिएको छ । श्रम अभियानको क्रममा सडकमा रहेका अबरोधहरु हटाइएको पार्टीले जनाएको छ । संखुवासभाकै पाँचखपन ९ म अभियान अन्तर्गत विभिन्न काम भएका छन् ।

तीन महिने कार्यक्रम अन्तर्गतका कार्यक्रममा हरु जनसंगठनहरुको भेला तथ बैठक पनि भरहेका छन् । अभियानको क्रममा वडा सम्मेलन, पार्टी सदस्यता नविकरण, संगठन सुदृढिकरणको काम पनि भइरहेको छ ।

पाँचथरमा जिल्लाको ६० वटै वडाहरूमा ‘जनतासँग गाउँ–गाउँमा’ जुटेका छन् । अभियान जिल्लाका ६० वडामा चलिरहेको जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिए । अभियान मंसिर १५ सम्म सञ्चालन हुनेछ ।

अभियानको क्रममा फिदिम नगरपालिका ७ बाझोगरा रानिटारमा सडक मर्मत तथा सरसफाइ गरिएको छ । सडकमा झरेको पहिरो पन्छाएप्छि अवरुद्ध सडक सुचारु भएको पार्टीले जनाएके छ ।

उदयपुरको बेलकामा प्रदेशसभा सदस्य राजन किरतिको उपस्थितिमा अभियान सञ्चालन भइहरको ेछ । मोरङको रंगेली नगरपालि ९ दोमना मवेसी हाटमा माओवादी केन्द्रको ३ महीने अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम भएको छ । उता रतुवामाई नगर कमिटी सचिबालयको बैठकले अभियानलाई थप प्रभाबकारी बनाउने निर्णयसहित थप कार्ययोजना निर्माण गरेको अभियानका कमाण्डर भजेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

मोरङको धनपालथानमा अहिलेसम्मको कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यक्रम तयारी गरिएको अभियानका संयोजक केन्द्रिय सदस्य मोहन खत्रीले जानकारी दिए ।

अभियानको क्रममा सुनसरीको रामधुनी ९ मरचैयाको लबटोलियामा टोल कमिटी गठन गरिएके छ । उता इनरुवा ८ गणेशपुरमा पार्टीके टोल कमिटिसहित जबसका कमिटिहरु बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार