इलाम : समाजवादी मोर्चाले मंगलबार प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा सन्देश सभा आयोजना गर्दैछ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह सम्मिलित समाजवादी मोर्चाले सन्देश सभाको आयोजना गर्ने भएको हो । सभामा १४ जिल्लाका चार हजार भन्दा बढी अगुवा कार्यकर्ता सहभागी गराउने मोर्चाको तयारी छ ।
विराटनगरस्थित होटल मनास्लुमा रहने कार्यक्रमलाई चारै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।