संविधानको प्रति हरेक घरमा बाँड्न सर्वोच्चको आदेश

  नयाँ बुलन्द
196 Shares

काठमाडौं : सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति वितरण गर्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र हरि फूयालको इजलासले यस्तो परमादेश जारी गरेको हो ।

अधिवक्ता विकास भट्टराईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गरी २०७२ सालमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै माग बमोजिम आदेश जारी गरेको हो ।

अधिवक्ता भट्टराईले यसअघिका संविधानहरु राजाको नामबाट जारी भएकाले यो संविधान नेपाली जनताले नै बनाएर जारी गरेको भन्दै अपनत्वका लागि पनि हरेक नेपालीको घरमा संविधान पु¥याउनुपर्छ भनेर रिट निवेदन दिएको बताए ।
अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हालेका थिए । समितिले अहिले नेपालको संविधान १३० रुपैयाँमा वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार