माईजोगमाई गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक, सामाजिक संजालमा रंगियो पालिका

  नयाँ बुलन्द
3.9k Shares

इलाम : माईजोगमाई गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गर्न रोक लगाईएको छ । सिरिजङ्गा गाउँपालिका बाट माईजोगमाई सरुवा भई आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत स्काई पोख्रेल आइतबार पालिकामा हाजिर हुन मन्त्रालयको पत्र सहित पुग्दा उनलाई हाजिर नगराई फकाईएकोे हो ।

पालिकाका निमित्त कार्यलय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आएका पोख्रेलको पत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको बताएका छन । हाजिर किन भएन भन्ने प्रश्नमा उनले आफूलाई यो बिषयमा जानकारी नभएको बताउंदै पालिका अध्यक्षलाई सोध्न भने ।

यो बिषयमा पालिका अध्यक्ष कुश बहादुर थेबे सँग बुझ्दा आफू कार्यलय बाहिर रहेको कारण हाजिर हुन नसकेको बताएका छन ।
उता पालिका पुगेका प्रसाशकीय अधिकृतले पत्र दर्ता गराउन खोज्दा इन्टरनेट समेत त्यहि समयमा अवरुद्द भएको बुझिएको छ । पोख्रेल ताप्लेजुङको सिरिजङ्गा गाउपालिकामा स्वच्छ छविका प्रशासक मानिएका थिए ।उनको कार्यकालमा नै पालिकालाई शन्यू बेरुजु बनाएका थिए ।

सामाजिक संजालमा रंगियो माईजोगमाई

हाजिर गर्न रोक लगाएको बिषय बाहिरिएपछी अहिले सामाजिक संजालमा पालिकाको चर्चा चुलिएको छ । धरैले पालिकालाई बन्दी बनाउन खोजेको भन्दै पालिका अध्यक्षको बिरोध गरेका छन भने केहिले पालिकामा भए गरेका बेतिथिको सत्यतथ्य बाहिरीने कुराले प्रप्रअ लाई हाजिर गराउन नदिईएको उल्लेख गरेका छन । यतिबेला माईजोगमाईको घटनाले लज्जित बनाएको स्थानीयले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार