माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल आउँने

  नयाँ बुलन्द
574 Shares

इलाम : इलामको माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँने भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्काई पोख्रेल आउने भएका हुन । पोख्रेल सरुवा भएर आउनु पुर्ब माईजोगमाईमा नवीन कार्की आउने बताईए पनि कार्किको पुन सरुवा फिर्ता भएपछि पोख्रेल आउन लागेका हुन ।

पोख्रेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका बाट सरुवा भई माईजोगमाईमा आउने भएका हुन । पालिकामा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईको सरुवा भएपछि लेखा अधिकृतलाई निमित्त दिइएको थियो ।

तर पालिकाका तत्कालीन प्रमुख प्रशासकिय र लेखा अधिकृतको कार्यकक्षमा भएको अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछी लेखा अधिकृत पनि पालिका बाहिर रहेको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताए । पालिकामा अहिले कार्यालय प्रमुख नहुदा पालिकाको सेवा प्रभाव प्रभावित बन्न पुगेको हो ।

नयाँ बुलन्द डटकम संगको कुराकानीमा नयाँ प्रमुख प्रसाशकियका  रुपमा आउन लागेका पोख्रेलले मन्त्रालय बाट पत्र बुझेर आफू ताप्लेजुङ बाट पनि बिदा भइसकेको र आफ्नो बाटोको म्याद समेत सकिन लागेकाले चाडै माईजोगमाईमा हाजिर हुने बताएका छ्न । पोख्रेल यस अघि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृतको रुपमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार