इलाम : भारतबाट नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको ७० हजार मुल्य बराबरको अवैध मदिरा प्रहरीले बरामद गरेको छ ।
इलामको सुर्योदय नगरपालिका १ मानेभन्ञ्याङ बजारबाट ‘हनिबी प्रिमियम ब्रान्डी’ नामक भारतीय रम ८ काटुन (९५ बोतल) अवैध मदिरा फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मदिरा कानूनी प्रकृया पूरा गरी नष्ट गरिने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।