इलाम : आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८० बाट इलामका पत्रकार ज्ञानु केदेम पुरस्कृत भएका छ्न । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसको अवसरमा इलाम शाखाले सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी केदेमलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
फोनिजले स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रहेको छ । कार्यक्रमका प्रमुख अतिथि इलाम नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सम्मान पत्र, पुरस्कार रकमको चेकसहित दोशल्ला ओडाएर सम्मान सहित पुरस्कृत गरिएको फोनिज इलाम अध्यक्ष राम योङहाङले जानकारी दिए ।
विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन । हाल उनले इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनमा उपसम्पादकको रुपमा काम गरिरहेका छन ।