माईमा माओवादी अभियान : सहिद परिवार सम्मान र जनश्रमदान

  नयाँ बुलन्द
287 Shares

इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) ले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ इलामको माई नरपालिकाको सबै वडामा एकसाथ सुरु भएको छ ।

माई नगरपालिका-२ मा अभियान उद्घाटनसँगै जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ । माओवादीले सहिद मंगलबहादुर लिम्बू (घायल) बाबु पूर्णबहादुर लिम्बूलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेको हो । अभियान कमाण्डर विनोद नेम्बाङसिहत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्मान गरिएको हो ।

माई नगरपालिका-३ मा कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियानको सुरुआत भएको छ । अभियान कमाण्डर राम संजेलको नेतृत्वमा स्थानीय नेता कार्यकर्ता भेटघाट र बैठक भएको हो ।

माई नगरपालिका-५ मा कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियानको सुरुआत भएको छ । अभियान कमाण्डर भक्त लुङ्गेलीको नेतृत्वमा स्थानीय नेता कार्यकर्ता भेटघाट र बैठक भएको हो ।

माई नगरपालिका-७ मा अभियान उद्घाटनसँगै वडा कार्यालय परिसर सरसफाई र सडक सरसफाई गरेको छ । अभियान कमाण्डर धनकुमार लिम्बूको नेतृत्वमा स्थानिय नेता कार्यकर्ताहरुको सहभागितामा सरसफाई गरेको हो ।

माई नगरपालिका-९ मा अभियान उद्घाटनसँगै स्थानीय विद्यालय परिसर सरसफाई गरेको छ । अभियान कमाण्डर हरी चौम्लागाईंको नेतृत्वमा स्थानिय नेता कार्यकर्ताहरुको सहभागितामा सरसफाई गरेको हो ।

त्यसैगरी अन्यव वडामा समेत कार्यकर्ता भेटघाट र विस्तारित बैठक गरी अभियान उद्घाटन गरेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा साथ १५ मंसिरसम्म संचालन हुने तीन महिने अभियानमा पार्टीसँग सम्बन्धित र जनतासँग सम्बन्धित क्रियाकलाप संचालन हुनेछन् । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्नेछ ।

माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार