शनिवार भारतले सूर्यमा अन्तरिक्ष यान पठाउँदै

सूर्यबारे अध्ययन गर्न यसअघि नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले यसअघि यान पठाएका थिए तर भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि रहेको बीबीसीले जनाएको छ ।

आदित्य-एल १ नाम दिइएको उक्त अन्तरिक्ष यान शनिबार अर्थात दुई सेप्टेम्बरमा स्थानीय समय अनुसार विहानको ११:५० मा प्रक्षेपण गर्ने कार्यक्रम छ । भारतको चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ । आदित्यको अर्थ संस्कृतमा सूर्य हो ।

अन्तरिक्षमा पठाइने यान खासमा पृथ्वीको सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने भने होइन । सको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो र त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढा छ ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ । आदित्य-एल१ लाई आफ्नो गन्तव्यमा पुग्न करिब चार महिना लाग्ने भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

उक्त यान ‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू एल-१ भनिने अन्तरिक्षको स्थानसम्म पुग्नेछ ।

आदित्य-एल१ को नाममा उल्लेख भएको एल १ ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ । त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ ।

त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ-लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८ औँ शताब्दीमा पहिलो पटक त्यसबारे अध्ययन गरेका थिए ।

आदित्य-एल१ मिसनका उद्देश्य

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ‘पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ । र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ । यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ । सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन् । -क्लिकमाण्डु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार