कोशी प्रदेश सरकारको अन्यौलताका कारण राजश्व संकलनम समस्या

इलाम  : कोशी प्रदेश सरकारको अन्यौलताका कारण वजेट पारित नहुुँदा इलाममा रहेका मातहतका कार्यालयमा अन्यौल देखिएको छ । प्रदेश सरकार अन्तर्गत संचालित जिल्लामा नै धेरै राजश्व संकलन गर्ने मध्येका डिभिजन वन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय लगायतमा अन्यौल देखिएको हो ।

यातायातमा न्यून मात्र सेवाग्राहि आएका छन् । यो कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा १० करोड २ लाख ४१ हजार रुपैयाँ संकलन भएको थियो । सेवाग्राहीको इच्छा बमोजिम यसअघि सरह नै राजश्य लिएर सेवा दिइरहेको कार्यालय प्रमुख छबिलाल खतिवडाको भनाई छ ।

यता डिभिजन वन कार्यालयले तत्कालका लागि राजश्व संकलन स्थगित गरेको छ । जसका कारण व्यवसायीहरुलाई समस्या छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले साडे २३ करोड भ्याट, १ करोड १७ लाख रुपैयाँ सेवा शुल्क र लिलामवाट ३३ लाख रुपैयाँ संकलन गरेको थियो ।हिटा बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार