सुन तस्कर प्रकरण : ठुलो रकम क्रिप्टोकरेन्सीमार्फत कारोबार

काठमाडौँ : ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको पाइएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

केही पैसा हुण्डीबाट पनि गएको ठुलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको हो । सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ ।

सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २४ जना व्यक्तिलाई पक्राउ गरेको छ । तीमध्ये ६ जना विदेशी नागरिक छन् । यसमा हालसम्म चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ भने नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङले सुनको व्यवस्थापन गर्ने गरेको हुनसक्ने आधारहरू देखिएको सीआईबीका अनुसन्धान अधिकृतहरू  बताएका छन् ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक प्याड ९ब्रेक सु० बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर यो प्रकरणमा सङ्गठित अपराधको तत्त्व देखिएको भन्दै विभागले अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार