आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार केदेमलाई

  नयाँ बुलन्द
959 Shares

इलाम : यसवर्षको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार इलामका पत्रकार ज्ञानु केदेमले पाउने भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी केदेमलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रहेको छ ।

विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन् । हाल इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनका उपसम्पादक हुन् ।

फोनिज इलामले स्थापना गरेको सो पुरस्कार दोस्रो पटक वितरण गर्न लागेको हो । यसअघि सो पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र बजेगू पुरस्कृत भईसकेका छन् ।

पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी पुरस्कार कोष स्थापना गरेको थियो । सोही पुरस्कार कोषबाट बर्सेनि एकजना आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गरिने फोनिज इलामले जनाएको छ ।

फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।

को हुन् केदेम?

व्यक्तिगत विवरण

नाम – ज्ञानु केदेम लिम्बू
जन्मस्थल – फक्ताङलुङ गाउँपालिका ६, (साविक लेलेप-१) ताप्लेजुङ
स्थायी ठेगाना – माङसेवुङ गाउँपालिका-५, इलाम
बुवा – देउराज केदेम लिम्वू
आमा – फेम्वू बुधमति केदेम
बाजे – गुञ्जमान केदेम लिम्वू
बोजु – मावोहाङ मोतिमाया केदेम
शिक्षा – स्नातक तह
जन्म – २०४७-०१-२१ गते

आबद्ध संस्था –

सहसचिव – नेपाल पत्रकार महासंघ इलाम
सदस्य – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १, नेपाल
उपसम्पादक- माङसेबुङ मासिक
सम्पादक – किरात इङसे अनलाइन
अध्यक्ष – किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो
सचिव – किरात इङभो पान्जुम्भो
अध्यक्ष – प्रेस मञ्च नेपाल जिल्ला समिति इलाम

अनुभव

सदस्य – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलाम शाखा २०७४-२०७६
सम्पादक- मुक्कुमफूङ दैमासिक २०६४-२०६८
सहायक स्टेशन प्रमुख तथा समाचार सम्पादक- रेडियो माङसेबुङ २०७३-०७८
सम्पादन सहयोगी – माङगेन्ना मासिक २०६६-०७२
सम्पादक – साक्थिम समसाययिक पत्रिका २०६८ देखि हालसम्म
सम्वाददाता – इक्ला साप्ताहिक २०७३-२०७३
विशेष सम्वाददाता – विश्व किरात आवाज मासिक २०६९-०७०
कार्यालय प्रतिनिधि – हाम्रो बुलन्द आवाज पाक्षिक २०६४-०६६
सम्पर्क – ९८४४६०४४५६/९८१४९९८६८२
[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार