किरात याक्थुङ चुम्लुङले ३५ ‍औं स्थापना दिवस आन्दोलनको रुपमा मनाउने

  नयाँ बुलन्द
119 Shares

इलाम : किरात याक्थुङ चुम्लुङले ३५ औं स्थापना दिवस आन्दोलनकै रुपमा मनाउने भएको छ ।

चुम्लुङले प्रदेश १ को नाम ‘कोशी’ खारेज गरी ऐतिहासिक पहिचानको आधारमा ‘लिम्बुवान किरात’ पुन: नामाङ्कनको मागसहित विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो ।

आइतबार स्थापना दिवसको अवसरमा चुम्लुङ केन्द्रीय समिति, लिम्बुवान प्रदेश समिति, नेवा ताम्सालिङ प्रदेश समिति, विदेश शाखा, जिल्ला, गाउँ/नगर र वडा शाखाले विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको छ ।

यता इलाममा पनि विभिन्न कार्यक्रम गरी चुम्लुङको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमो तय गरिएको चुम्लुङ इलामले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आइतबार इलाम चोक बजारमा शुभकामना आदानप्रदान, धान नाच (या:लाङ), च्याब्रुङ नाच (के:लाङ) र छात्रवृत्ति वितरण कार्यक्र तय भएको छ । स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट कक्षा ९  र १० मा अध्ययनरत एक एक जना छात्र र छात्रालाई पाँच हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिने चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । त्यसैगरी इजारायल कल्याणकारी कोषबाट समेत १० हजार राशीको छात्रवृत्ति प्रदान गरिने अध्यक्ष सोङ्मीले जानकारी दिइन्  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार