बन्द छ्न इलाम बजारका सिसि क्यामेरा

  नयाँ बुलन्द
140 Shares

इलाम : आपराधिक गतिविधि नियन्त्रणसँगे बजार व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ इलाम सदरमुकामको इलाम बजार क्षेत्रमा जोडिएका अधिकांश सिसि क्यामेरा नचल्ने अवस्था रहेको पाइएको छ ।

इलाम चोक बजार परिषर सगैँ बजारका बिभिन्न भु-भाग सहित बजार प्रबेश गर्ने मेचि राजमार्गको जिरो किलोमिटर क्षेत्रमा जोडिएका २२ क्यामेरा मध्ये ७ वटा मात्र संचालनमा रहेको पाइएको हो ।

क्यामेरा निगरानीका लागी जिल्ला प्रहरी कार्यालय इलामको एउटा कोठामा कम्प्युटरसहित एलइडि टिभी नै राखिएको छ । तर जडान भएका क्यामेरा अहिले बन्द अवस्थामा छन् । विगत केही महिना अघिबाट इलाम बजार क्षेत्रमा टागिएका बिधुतका तारहरु ब्यबस्थापन गर्ने क्रममा क्यामेरा जडित तारमा समस्या भएपछि क्यामेरामा समस्या आएकोे जिल्ला प्रहरी कार्यालय इलामका डिएसपि प्रकाश जबेगुले जानकारी दिए । जबेगुका अनुसार क्यामेरा नचल्दा शान्ति सुरक्षा कायमसगैँ आपराधिक गतिविधि नियन्त्रणमा सकस भएको बताउछ्न।

यता इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बजारमा रहेका बिधुतका तार ब्यबस्थापनको कार्य गर्दा सिसि क्यामेरामा समस्या आएकाले यस्को मर्मतको जिम्मेवारी नगरपालिकाको भएको बताउदै क्यामेरा मर्मत चाडै हुने बताएका छन ।

आपराधिक गतिविधि नियन्त्रणसगै टाफिक ब्याबस्थापनका लागि पाँच बर्ष अघि प्रदेश सरकार,जिल्ला प्रहरी कार्यालय इलाम, इलाम नगरपालिका,उघोग बाणिज्य संघ सहित जिल्लामा संचालित बिभिन्न बैकहरुको सहयोगमा बजार क्षेत्रमा क्यामेराहरु जडान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार