पत्रकार कुटिएको घटनामा प्रेस सेन्टरको चासो

  नयाँ बुलन्द
259 Shares

सिरहा : पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि नवराजपुर गाउँपालिकामा भएको सांघातिक आक्रमणको घटनालाई लिएर नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरले आपत्ति जनाएको छ ।

रिपोर्टिङमा रहेका पत्रकार कुटिएको घटना गम्भीर रहेको भन्दै सेन्टर जिल्ला शाखाले गम्भीर चासो देखाएको हो । नवराजपुर गाउँपालिका-३ फूलबरिया गाउँमा रिपोर्टिङ् गर्न गएका पत्रकार गुप्तामाथि भएको सांघातिक आक्रमण, दुरव्यवहार तथा मोबाइल लुटपाट भएको घटनाले आफूहरु गम्भीर बनेको सेन्टर जिल्ला शाखाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो दिउँसो गाउँपालिकाले ठेक्का लगाएको पोखरी खाली गराउन माछा मारिरहेको निषयमा रिपोर्टिङ् गर्न पुगेका पत्रकार गुप्ताले फोटो र भिडियो खिच्ने क्रममा आक्रमण भएको हो । विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीसहित लुटिएको मोवाइल फिर्ता गराउन प्रशासन समक्ष जोडदार मागसमेत गरिएको छ ।

पोखरीमा सरकारको स्वामित्व दावी गरिरहेको पक्ष र गाउँपालिका कार्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य पत्रकार गुप्ताले आफ्नो मोबाइलबाट खिचेका थिए । त्यसक्रममा ‘किन फोटो खिचेको’ भन्दै एउटा समूहले उनीमाथि सांघातिक हमला गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार