फाल्गुनन्दका जनतासँग माओवादी अभियानको तयारी, ७ वटै वडामा तोकिए कमाण्डर

  नयाँ बुलन्द  1179 पटक हेरिएको

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी गर्न पालिका स्तरीय कमिटी वैठक बसेको छ ।

नेकपा (माओवादी केन्द्र) ले आउँदो १६ भदौदेखि देशैभर एकसाथ सुरु गर्न लागेको तीन महिने अभियानको फाल्गुनन्द गाउँपालिकामा तयारी सुरु भएको हो ।

माओवादी केन्द्र केन्द्रिय सदस्य ज्योति सिं दर्लामी ,फाल्गुनन्द गाउँपालिका ईन्चार्ज एवं प्रदेश कमिटी सदस्य ठाकुरिं नेम्बाङ,प्रदेश कमिटी सचिवालय सदस्य लाल बहादुर गुरुङ,प्रदेश परिषद सदस्य केहेरसिं चेम्जोङ, सचिव सागर नेम्बाङको उपस्थितिमा तयारी बैठक बसेको छ । माओवादी केन्द्र फाल्गुनन्द  गाउँपालिका कमिटी अध्यक्ष इन्द्र कुमार नेम्बाङ अध्यक्षतामा भएको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

वैठकले १ नम्बर वडामा दिल कुमार नेम्बाङ र एल बी गुरुङ, २ नम्बर वडामा सागर नेम्बाङ र दुर्गा चापागाईं, ३ नम्बर वडामा इन्द्र कुमार नेम्बाङ र अनिष तामाङ, ४ नम्बर वडामा दिने श लावती र दल बहादुर नेम्बाङ, ५ नम्बर वडामा केहेर सिं चेम्जोङ र पञ्च कुमार चेम्जोङ, ७ नम्बर वडामा जुनु लावती र मचिन्द्र आङ्देम्बेलाई कमाण्डर तोकेको छ भने पालिकाको विशेष वडा ६ नम्बरमा ज्योति सिं दर्लामी र पेम्बा शेर्पालाई जिम्मेवारी दिइएको पार्टीका पालिका इन्चार्ज ठाकुरसिं नेम्बाङले जानकारी दिए ।

माओवादी केन्द्रले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा साथ अभियान तीन महिने अभियान संचालन गर्नेछ । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायत क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका क्रियाकलापहरु संचालन गर्ने माओवादीले जनाएको छ । तीन महिने अभियानको प्रभावकारी कार्यान्वयन गर्न सबैसँग समन्वय एवम् छलफल गर्दे माओवादी पार्टीलाई जनताको पार्टी रुपमा स्थापित गर्न केन्द्रको नीति अनुसार ग्राउण्ड बाटै मेहनत गरिने पालिका कमिटी अध्यक्ष  इन्द्र कुमार नेम्बाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार