राष्ट्रिय युवा संघ सुर्योदय अध्यक्षमा फागो निर्वाचित

  नयाँ बुलन्द
343 Shares

इलाम : राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगरपालिकाको अध्यक्षमा उदयाहङ फागो निर्वाचित भएका छन् ।

शनिबार फिक्कलमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट फागो अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले फागोको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

उपाध्यक्षमा प्रमोद सापकोटा र मनिक चौधरी,सचिव प्रकाश अधिकारी ,सह सचिव विनिता अधिकारी र फुर्वा छिरिङ लाप्चा, कोषाध्यक्ष अजन्ति तामाङ निर्वाचित भएका छन् ।

अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण कमिटीलाई अतिथिहरुले प्रमाणपत्र वितरण गरि सफल कार्यकालको शुभकामना दिएका थिए ।

निवर्तमान उपाध्यक्ष रञ्जित प्रधानको अध्यक्ष तथा नेकपा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य काजीमान कागते,इलाम जिल्ला कमिटी सचिवालय सदस्य नरेश तामाङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य दिनेश ढकाल,राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटी अध्यक्ष मोहन दोर्जे कागतेले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार