फाकफोकथुममा जनतासँग माओवादी अभियानको तयारी

  नयाँ बुलन्द
1.2k Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी सुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र) ले आउँदो १६ भदौदेखि देशैभर एकसाथ सुरु गर्न लागेको तीन महिने अभियानको फाकफोकथुम गाउँपालिकामा तयारी सुरु भएको हो ।

माओवादी केन्द्रीय सदस्य इलाम इन्चार्ज एवम् फाकफोकथुम गाउँपालिका कमाण्डर कुलप्रसाद साँवा, प्रदेश सचिवालय सदस्य एवम् इलाम इन्चार्ज कान्छा लावती, प्रदेश सदस्य एवम् पालिका इन्चार्ज ओम गुरुङ सौरब, प्रदेश परिषद सदस्य एवम् पालिका इन्चार्ज प्रकाश परियारको उपस्थितिमा तयारी बैठक बसेको छ । माओवादी केन्द्र फाकफोकथुमका अध्यक्ष केवी वान्तवाको अध्यक्षतामा भएको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकमा पार्टीका पालिका उपाध्यक्ष केदार खनाल र अरुण दर्लामी, सचिव प्रकाश राई, कोषाध्यक्ष विष्णुमाया थापालगायतको समेत उपस्थिति थियो ।

साथै ६ नम्बर वडा कमिटिको बैठक समेत बसेको छ । बैठकले तीन महिने अभियानको प्रभावकारी कार्यान्वयन गर्न सबैसँग समन्वय एवम् छलफल गरिएको ६ नं. वडा कमाण्डर प्रकाश परियारले जानकारी दिए ।

माओवादी केन्द्रले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा साथ अभियान तीन महिने अभियान संचालन गर्नेछ । भियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायत क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका क्रियाकलापहरु संचालन गर्ने माओवादीले जनाएको छ ।

No description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार