संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विवरण अनुसार १० अर्व ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैया लगानी गरेको उल्लेख छ ।
संस्थाले १ अर्व ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैया शेयर पूजी तथा ११ अर्व १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैया बचत संकलन गरेको जनाएको छ ।
१ अर्व २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैया कूल संस्थागत पूँजी तथा १५ अर्व ३७ करोड ६२ लाख ७२ हजार ३६९ रुपैया कूल सम्पत्ति रहेको जनाएको छ ।
संस्थाले प्रकाशन गरेको साउनको विवरण अनुसार जगेडा कोषमा १ अर्व २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैया तथा ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ विभिन्न कोषमा रहेको जनाइएको छ ।
संस्थामा साउन मसान्तसम्म २८.४४ प्रतिशत अर्थात ३ अर्व १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैया तरलता रहेको जनाएको छ । २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको संस्थाले जनाएको छ
१ लाख ५७ हजार ८६१ जना सदस्य रहेको संस्थामा ७५ हजार ५४० जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।-इजलास दैनिकबाट