काठमाडौँ : नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतया संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटी सदस्यहरुको जिम्मेवारी पनि तोक्ने सो पार्टीले जनाएको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडाहरुमा कमिटी गठन गर्न सबै कमिटीहरुले सदस्यता वितरण गर्न संगठनात्मक क्षेत्रको महत्त्वपूर्ण काम गर्ने पनि सो पार्टीले निर्णय गरेको छ । सबै जनसंगठनले पार्टीको महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन तथा प्रचार गर्न कार्ययोजना बनाउन निर्देशन दिएको छ ।
महाधिवेशनसम्म जाँदा केक र आबद्ध निकायका नेताहरुको कार्यक्षेत्र हेरफेर गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।