जसपाले नयाँ विधानअनुरूप विभाग गठन गर्ने

  नयाँ बुलन्द  83 पटक हेरिएको

फाइल तस्वीर

काठमाडौं: जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरूप आफ्ना विभाग तथा संगठनहरू गठन तथा पुनर्गठन गर्ने भएको छ।

यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावलीसहितको सांगठनिक विवरण पठाउन पार्टी संगठन र समितिलाई निर्देशन दिएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्नेगरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार