घरघरमा गएर राजस्व संकलन गर्दै कागेश्वरी मनोहरा

  नयाँ बुलन्द
70 Shares

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले घरदैलो कार्यक्रममार्फत राजस्व संकलन गर्ने भएको छ । नगरपालिकाले राजस्व संकलनका लागि स्थानीय बासिन्दालाई सहज बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

बुधबार बिहान भएको सार्वजनिक सुनुवाईमार्फत नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले आगामी सातादेखि घरदैलोमार्फत राजस्व संकलन गरिने जानकारी दिएका हुन् । नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्नका लागि घरदैलो कार्यक्रममार्फत राजस्व संकलन गर्न लागेको उनले सुनाए ।

 उनका अनुसार राजस्वसँग सम्बन्धित घरबाहल कर, उद्योग व्यवसायको दर्ता र नविकरणमा सहजीकरण गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

उनले चालू आर्थिक वर्ष २०८०/०८१ को नीतिअनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । कार्यक्रमको लागि नगरपालिकाको टोली घरघरमा आउने उनले जानकारी दिए ।

सो टोलीलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नको लागि उनले स्थानीय बासिन्दालाई अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार