स्व. जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान

  नयाँ बुलन्द
112 Shares

काठमाडौं : सरकारले गायक स्व.जेवी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक परिवर्तनमा गीत संगीतका माध्यमबाट सहयोग पुर्‍याएका टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो।

टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार