सगरमाथा क्षेत्रः किन लास थुप्रिने ठाऊँ भयो ?

  निनाम लोवात्ती
203 Shares

निनाम लोवात्ती

हुनत हालसम्म विश्वमा मान्यता प्राप्त ८ हजार मिटरभन्दा अग्ला हिम शिखर १४ वटा रहेका छन् । त्यसरी विश्व समुदायबाट मान्यता प्राप्त ८ हजार मिटरभन्दा १४ वटा हिम शिखरमध्ये सबैभन्दा अग्लो हिम शिखर ‘सगरमाथा’ हो । सौभाग्यवश सगरमाथा हिम शिखर हामै्र देशमा रहेको छ । आजभोलि प्रायः जसो विदेशी पर्वतारोहीहरुका माझ ‘सगरमाथा’ हिम शिखरलाई ‘एभरेस्ट’ भनेर चिनिने गरेको छ । अर्थात् विदेशी पर्वतारोहीहरु ‘सगरमाथा’ हिमाललाई ‘सगरमाथा’ नभनेर ‘एभरेस्ट’ भन्दछन्, जान्दछन् । तर, सो हिम शिखरलाई आदि-अनादि कालदेखि सोही क्षेत्रमा बस्दै आएका आदिवासी जनजातिले बोलाउने असली र पूरानो नामचाहिँ ‘चोमोलुङमा’ हो ।

अब लागौं, सगरमाथा हिम शिखर आरोहण गर्ने प्रयासका क्रममा सगरमाथा आरोहण गरेर फर्कने क्रममा अथवा भनौं अन्य आरोहीलाई सगरमाथा आरोहण गराउने प्रयास गर्ने क्रममाक्लाम्बिङ शेर्पालगायत हालसम्म कति जना मानिसले सगरमाथामै आप्mनो अमूल्य जीवन गुमाए ? भन्ने सम्बन्धमा जानकारी लिनेतर्पm । यसरी हेर्दा सगरमाथा हिम शिखर आरोहण गर्ने प्रयास गर्ने क्रममा अथवा अरु आरोहीलाई सगरमाथा आरोहण गराउने प्रयास गर्ने क्रममा हालसम्म ३११ जना पर्वतारोही एवम् क्लाईम्बिङ शेर्पाहरुले आप्mनो अमूल्य जीवन सगरमाथा हिम शिखरको विभिन्न क्षेत्रमा प्राण उत्सर्ग गरेको तथ्यांक रहेको देखिन्छ । जुन तथ्यांक ‘गुगल सर्च’ले आप्mनो वेब साइटमा राखेको छ । हुन पनि गुगल सर्च इन्जिन विश्वकै धेरै मानिसले सर्च गर्ने सूचनामूलक इन्जिन हो !

त्यस्तै विश्वस्तरीय र विश्वसनीय सूचना सञ्जालको रुपमा रहेको अर्को सर्च ईन्जिन अथवा भनौं सञ्जाल हो ‘-विकिपेडिया ।’ हो, विकिपेडियाले पनि आप्mनो वेब साईटमा सगरमाथा हिम शिखर आरोहण गर्ने क्रममा, आरोहण गरेर फर्कने क्रममा वा अरु आरोहीलाई सगरमाथा आरोहण गराउनका लागि खट्ने क्रममा जस्तै बाटा बनाउने, बाटामा भर्याङ राख्ने, डोरी टाँग्ने, क्याम्प खडा गर्ने, माथिल्लो (क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४) क्याम्पका लागि खानेकुरो ओसार्ने हाई एल्टिच्युड पोर्टर र क्लाईम्बिङ शेर्पा, नेपाली तथा विदेशी आरोही आदिको मृत्यु र मृत्यु संख्याबारे थोरै व्याख्या र भूमिकासहित अपडेट गरेको तथ्यांक हेर्दा सन् १९२१ देखि सन् २०२२ (लगभग १०१ वर्ष) सम्ममा विभिन्न देशका ३१९ जना आरोहीको मृत्यु भएको भनी विकिपेडियाले राखेको नामहर हेर्दा देखिन्छ । त्यसो भए तापनि सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएकाहरुको हालसम्मको नाम सूचीमा भने विकिपिेडियाले ३१९ जनाको नाम राखेको छ ।

हो, यसरी हेर्दा सगरमाथा आरोहण गर्नका लागि बाटो बनाउने क्रममा वा भनौं रेखी गर्न जाने क्रममा सर्व प्रथम सन् १९२१ मा बेलायती पर्वतारोही दलमा सम्मिलित डाक्टर अलेक्जेन्डर मिसेल (एएम) केल्लासको मृत्यु भएको थियो । उनको तिब्बतको खाम्पाजोङ स्वायत्त क्षेत्रमा ह्रदयघातका कारण मृत्यु भएको मानिन्छ । त्यस्तै १९२२ जुन ७ मा एकैचोटि (एकै वर्ष) सात जना शेर्पाको सगरमाथा आरोहणका लागि बाटो बनाउने र आवश्यक सरसामान ओसार्ने क्रममा मृत्यु भएको थियो । उनीहरु थिए- १ दोर्जे शेर्पा, २ ल्हाक्पा शेर्पा, ३ नोर्बु शेर्पा, ४ पासाङ शेर्पा, ५ पेमा शेर्पा र ६ साङ्गे शेर्पा । त्यो वेला तत्कालीन श्री ३ महाराजधिराज सरकारले नेपालमा फिरङ्गी (गोरो छाला भएका विदेशी) लाई नेपाल प्रवेश गर्ने अनुमति दिने चलन नभएकोले गर्दा बेलायती पर्वतारोही दलले सगरमाथाको उत्तरतर्पmबाट बाटो खोज्ने, पत्ता लगाउने रेखी गर्ने र सके आरोहण नै गर्ने उदेश्यले तत्कालीन तिब्बत सरकार (दलाई लामा) को अनुमति लिएर त्यसतर्पm प्रस्थान गरेको थियो । सोही आरोहण दलमा डाक्टर एएम केल्लास पनि सम्मिलित थिए । तर, उनी आपैm डाक्टर भए तापनि सगरमाथा आरोहणका लागि बाटो पत्ता लगाउने, रेखी गर्ने क्रममा मृत्यु वरण गर्न पुगे । लगत्तै सन् १९२२ मा उत्तर तर्पmबाट नै फेरि सगरमाथा आरोहण गर्ने प्रयास गर्दा सात जना शेर्पा (नेपाली) हरु हिम पहिरोमा परेर एकैचोटि मृत्यु वरण गर्न पुगे । स्मरणीय छ, उनीहरु सातै जना नेपालबाट दोर्जेलिङ/दार्जिलङ गएर त्यहाँबाट फेरि तिब्बतको बाटो भएर सगरमाथाको उत्तरी मोहडाबाट बेलायती पर्वतारोही दलका साथ सगरमाथा आरोहण गर्ने/गराउनेन टोलीमा सामेल भएका थिए । यसरी सगरमाथा आरोहणको इतिहासमा ती सात जना नेपाली शेर्पाहरु सगरमाथा आरोहण गर्ने क्रममा चाहिने सरसामान ओसारपसार गर्ने क्रममा हिम पहिरोमा परेर मृत्यु वरण गर्ने ठूलो समूह थियो । यसरी विश्व पर्वतारोहणकै इतिहासमा उनीहरु सगरमाथा आरोहण गर्ने क्रममा सहिद हुने पहिलो र ठूलो समूहका रुपमा दर्ज भए ।

त्यसपछि फेरि सन् १९२४ मे १३ मा बेलायती पर्वतारोही दलका सदस्यहरु सगरमाथा आरोहणका लागि उत्तर तर्पmबाट गए । सो दलमा पनि मनबहादुर र महेश पुन नेपाली मूलका संभवतः तत्कालीन बेलायती सेनामा कार्यरत (किनभने, महेश पुनलाई ‘लान्स नाईक’ भनी जनाईएको छ ।) ले सगरमाथा आप्mनो अमूल्य जीवन उत्सर्ग गरेका थिए । त्यसपछि एकैचोटि सन् १९३४ जुन ९ मा एन्ड्र्र्यु ईर्भिन र जर्ज म्यालोरी संयुक्त अधिराज्य (युके) ले सगरमाथा आरोहण गर्ने क्रममा आप्mनो अमूल्य जीवन उत्सर्ग गरे । उनीहरुले कतै त्यही वेला नै पो सगरमाथा सफलता पूर्वक आरोहण गरेका थिए कि ? भनी पछिल्लो पटक अध्ययन पनि भएको थियो । तर, ईर्भिन म्यालोरीले ऊ वेलै सफला पूर्वक सगरमाथा आरोहण गरेका थिए भन्ने कुनै ठोस आधार र पुस्टि हुने खाले कुनै तथ्य-प्रमाण भने फेला परेन । हुनत ईर्भिनको खल्तीमा भेटिएको उनका श्रीमतीको फोटाले आधार प्रमाण देला कि ? भनी बहस र छलफल भएको हो । तापनि त्यो वेला सम्मकै धेरै उचाई (८,००० मिटर) सम्म ईर्भिन र म्यालोरी पुगेका मात्रै होइन सगरमाथा सफलता पूर्वक आरोहण गरेका पो थिए कि ? भनी सन् १९९९ मा एक बेलायती पर्वतारोही दलले अध्ययन गरेका थिए ।

जे होस्, सगरमाथा आरोहणको प्रयास जारी नै थियो । यसै क्रममा फेरि सन् १९३४ मा संयुक्त अधिराज्य (युके) को अर्को एक टोल िसगरमाथा आरोहणका लागि तिब्बतको बाटो भएर गए । तर, त्यो वेला पनि सगरमाथा आरोहणमा सफलता मिलेन । बरु बेलायती नागरिक माउरिस विल्सन र नेपालका दोर्जेमिङ्मा शेर्पाले पनि सगरमाथा आरोहण गर्ने क्रममा आप्mनो अमूल्य जीवन उतै उत्सर्ग गरेका थिए ।

विकिपेडियाले आप्mनो भूमिका लेख्ने क्रममा लगभग ३२५ जनाभन्दा बढी पर्वतारोहीहरुले सगरमाथा हिमाल आरोहण गर्ने क्रममा आप्mनो अमूल्य जीवन सगरमाथाहिमालको विभिन्न क्षेत्रमा प्राण उत्सर्ग गरेका छन् । ‘विकिपेडिया’का अनुसार यसरी सगरमाथा हिम शिखर आरोहण गर्ने अथवा गराउने प्रयास गर्ने क्रममा जीवन उत्सर्ग गर्नेमध्ये ११८ जना (लगभग ४०/४२ प्रतिशत !) प्रतिशत त नेपाली मूलका शेर्पा दाजुभाइहरु मत्रै रहनु भएको छ । त्यसपछि २४ जना भारतीय, २० जना अमेरिकी (त्यसमा दुइजना अमेरिका बाहिर बस्ने अमेरिकी मुलका छन् ।), १८ जना बेलायती, १८ जना जापानीज, १० जना चिनियाँ, ११ जना दक्षिण कोयिाली धेरै छन्, जसले सगरमाथा आरोहण गर्ने क्रममा आप्mनो अमूल्य जीवन सगरमाथामै वा भनौं सगरमाथा क्षेत्रमै उत्सर्ग गरे ।

त्यस्तै नाम विश्वकै चलेका र प्रसिद्घि कमाएका पर्वतारोहीहरुले पनि सगरमाथा आरोहण गर्ने क्रममा अथवा सगरमाथा आरोहण गरेर फर्कने क्रममा आप्mनो अमूल्य जीवन (त्यतै सगरमाथामै) उत्सर्ग गरेका छन् । त्यस्ता विश्व प्रसिद्घ पर्वतारोहीहरुको नाम लिनु पर्दा स्कट फिसर अमेरिका, रब हल न्यु जिल्यान्ड, एन्ड्रु ह्यारिस न्यु जिल्यान्ड, हिस्टो गाचेब बुल्गेरिया, लगायत विदेशी पर्वतारोही छन्, भने नेपालका पनि केही प्रसिद्घ सगरमाथा आरोही एवम् प्रथम सगरमाथा आरोहीहरुले सगरमाथामै आप्mनो अमूल्य जीवन उतसिर्ग गरेका छन् । जस्तै ‘- प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा, पहिलोपट धेरै पटक सगरमाथा आरोहण गरेका फु दोर्जे शेर्पा (जो वास्तविक नेपाली नागरिक सगरमाथा आरोही थिए भन्ने भनाइ छ), बाबुछिरी शेर्पा जसले २१ घण्टा सगरमाथाको शिखरमा बसेर विश्व कीर्तिमान कायम गरेका थिए, लोप्साङ जाङ्बु शेर्पा जसले त्यो वेलाको नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, शेर्पा पोशाक बक्खु, कराते खेलाडीले लगाउने पोशाक (खेलाडी पोशाक) ‘गी’ लगाएर सगरमाथा आरोहण गरेर कीतिमान कायम गरेका थिए ।

यसरी हेर्दा सन् १९२१ देखि सन् २०२३ को वसन्त ऋतुसम्मा ३२५ (कसै-कसैले ३१९, ३२०, ३२२, ३२३ लेख्ने गर्छन् ) जना पर्वतारोहीहरुले सगरमाथा आरोहण गर्ने/गराउने क्रममा आप्mनो अमूल्य जीवन उत्सर्ग गरेका छन् । प्रश्न छ, किन यसरी सगरमाथा क्षेत्र लासहरु थुप्रिने ठाऊँ हुँदैछ ? वा सगरमाथा क्षेत्र, अझ त्यसमा पनि क्याम्प-२, क्याम्प-३, क्याम्प-४ का साथै साउथ कोल, बाल्कोनी क्षेत्र, हिलारी स्टेप आदि क्षेत्रमा पर्वतारोहीहरुको लास थुप्रिने क्रम बढ्दैछ ? भन्दा त्यसो हुनुमा सगरमाथा आरोहण सस्तो दरमा गराईने र कतिपय पर्वतारोहीहरुले आपूm केही गरि मरिहालेमा आप्mनो मृत शरीर त्यतै (हिमालमै) छाड्नुपर्ने भन्ने भनाइ रहने गरेको भन्ने पनि केहीको भनाइ रहेको छ । हुन पनि यो वर्ष (सन् २०२३) को वसन्त ऋतुमा मात्रै १३ जना मरेका छन् भने ४ जना हराई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार