इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चर्चित तीन काण्डका फायल खोलिनुपर्ने बताएका छन । उनले एयरपोर्टबाट भित्रिएका सुन काण्ड, नक्कली भुटानी शणनार्थी काण्ड सहित ललिता निवास प्रकरण जस्ता बिषयको छानबिन गरिनुपर्ने बताए ।
सभापति लामिछानेले यि बिषयको फाईल खुलेर अनुसन्धान भएमा देशमा औँलाले गन्न सकिने बाहेक नेता नरहने उद्घोस समेत गरे ।
बिहिबार इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुल्ला जन सभालाई सम्बोधन गर्दै उनले आफुहरु जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर मौका दिन आग्रह समेत गरे । उनले भने, ‘कुन सिद्धान्त ? कुन वाद ? कुन नीति हो ? हामीलाई थाहा छैन ।’ उहाँले भन्नुभयो, “हरेक मान्छेका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो सिद्धान्त छ । यो कुन सिद्धान्त हो रु हामीलाई थाहा छैन । वृद्धवृद्धालाई घरमा गएर स्वास्थ्य जाँच गर्ने, उपचारमा लैजाने हाम्रो काम हो ।”
यी सिद्धान्त मन परेमा रास्वपासँग सम्झौता गर्न रविको आग्रह थियो । लामिछानेले घुमाउरो शैलीमा भोट फकाउँदै २०८४ मा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेद्वारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताए।
सूर्योदय नगर समितिले आयोजना गरेको खुल्ला जन सभामा पार्टी सभापति लामिछाने, नेता रमेश प्रसाईँ लगायतले मन्तब्य राखेका थिए ।