माल्टा पठाउने भन्दै ठग्ने कमानसिंहले फिर्ता गरे ९ जना युवाको पैसा

  नयाँ बुलन्द  147 पटक हेरिएको

काठमाण्डौः  सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामीबाट ठगिएका ९ जनाले पैसा फिर्ता पाएका छन्।

मंगलबार साँझ साउन ३० गते पीडितहरुले आफ्नो ठगिएको पैसा फिर्ता पाएका हुन्।

यसअघि नेपालखबरले राम्रो रोजगारीको लागि युरोपियन मूलक माल्टा पठाउँछु भन्दै कमानसिंहले ठगी गरेको विषयमा समाचार प्रकाशित गरेको थियो।

लगातार सातवटा समाचार प्रकाशित भएपछि कमानसिंहको आफन्तले ९ जना पीडितलाई पैसा बैंक खातामा फिर्ता पठाएका हुन्।

गुर्भाकोट नगरपालिका–९ का कमानसिंहले सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई माल्टा पठाइदिने भन्दै ठगी गरेका थिए। ती ठगिनेमध्ये ९ जनाले पैसा फिर्ता पाएको पीडित हरिबहादुर वलीले जानकारी दिए।

उनका अनुसार पैसा फिर्ता पाउनेमा गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली, गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर, भेरीगंगा नगरपालिका–८ खिमबहादुर डीसी र भेरीगंगाकै(६ का रमेश पुन मगर रहेका छन्।

उनीहरु सबै जनालाई दिलबहादुर विकको नामबाट मंगलबार साँझ पैसा फिर्ता दिएको वलीले जानकारी दिए।

पीडितहरुले यही साउन १० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कमानसिंह कामीविरुद्ध ठगीको जाहेरी दिएका थिए।

तर, मंगलबार पैसा फिर्ता गरेपछि मुद्दा पनि टुंगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक ९डीएसपी० लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

‘वैदेशिक रोजगार ठगी, बैंकिङ्ग कसुरका मुद्दा मिलापत्र गर्न सकिने हुन्। यसमा मुख्य कुरा भनेको बिगोको हो’, उनले भने, ‘पैसा पाएपछि मिलापत्र गर्न मिल्छ। उहाँहरु दुवैपक्ष आउनुभयो। पैसा पाएको भौचर ल्याएर आएपछि बिगो रहेन। अनि मिलापत्र गरेर जानु भयो।’-एबिसी नेपालबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार