भैंसी चोरी गर्ने भारतीय नागरिक पक्राउ - Nayabulanda.com

भैंसी चोरी गर्ने भारतीय नागरिक पक्राउ

  नयाँ बुलन्द  154 पटक हेरिएको

इलामः  भैंसी चोरीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनीग्राम पंचायत लालमनियाथाना लौकाह-२ का ३० वर्षीय दिपुकुमार भिमदवार यादव रहेका छन् । मंगलबार बेलुकी त्रियुगा नगरपालिका-५ देउरीका धुव्रबहादुर खड्काको गोठमा बाँधेको भैसी चोरी गरी लैजाँदै गरेको भेटेपछि यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

आरोपितले अर्को गाउँमा मेरो भैंसी ७५ हजारमा किन भन्दै हिंडेका अवस्थामा भैंसीसहित पक्राउ परेको उनले बताए । यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया शुृु गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार