गत शनिबार बिहान विर्तामोड १ की सुत्केरी सोही अस्पतालकी कर्मचारी सिर्जना संग्रौलाको शल्यक्रिया गरिएको थियो।
शल्यक्रियापश्चात उनी होस आएको करिब एक घन्टापश्चात उनलाई टाउको देख्ने समस्याले च्यापेको उनका परिवारका सदस्यले बताएका छन्।
त्यसपछि ब्लड प्रेसर जाँच्दा धेरै नै बढेको पाइएपछि अस्पतालका कर्मचारीले सबै आफन्तलाई बाहिर निकालेको सुत्केरीका आफन्तले बताए। लामो समयसम्म उनलाई थप उपचार प्रक्रियामा नलैजाँदा बिरामीलाई गाह्रो भएको आफन्तले बताए।
रातिसम्म कसैलाई पनि भेट गर्न नदिएकाले जबरजस्ती के भएको छ कडाइका साथ प्रस्तुत हुँदा अस्पतालकै डाक्टर तथा अन्य कर्मचारी मिलेर नजिकैको बिर्तासिटी अस्पताल लगेर टाउकोको सिटी स्क्यान गर्दा सुत्केरीको टाउकोमा रगत जमेको पाइएपछि तत्काल टाउकाको शल्यक्रिया गर्दा अहिले उनी ‘ब्रेन डेथ’को अवस्थामा पुगेको परिवारले बताएको छ। उनी अहिले बिर्तासिटी अस्पतालमा भेन्टिलेटरमा छिन्।
बिरामी महिलाका परिवारका सदस्य तथा आफन्तले शल्यक्रिया गर्ने डाक्टर स्त्रीरोग विशेषज्ञ डा. एकराज गौतमको लापरवाहीका कारण सिर्जना संग्रौलाको यो अवस्था आएको बताएका छन्।
बिरामी महिलाकी बहिनी कुसुम संग्रौलाले भनिन्, ‘दिदीलाई गाह्रो भएको ७ घन्टासम्म पनि हामीलाई केही खबर नगरेर चरम लापरवाही भएको छ। कुन औषधी दिए, कसरी उपचार गरे भन्नेबारेमा हामीलाई केही थाहा छैन।’
उनीहरूले डा. गौतमलाई कारवाही गर्नुपर्ने र उक्त अस्पतालमा उनले कुनै पनि बिरामी जाँच्ने नपाउने बताएका छन्।
मंगलबार उनै चिकित्सकले बिरामी जाँच्दै गरेको पाएपछि बिरामीका आफन्तले अस्पतालमा नाराबाजी पनि गरेका छन्।