पाँचथर: फाल्गुनन्द गाउँपालिका ६ मेहेलबोटेका अदिप परियारलाई फाल्गुनन्द एकता समाज मलेसियाले उपचारको लागि आर्थिक सहयोग गरेको छ । समाजले संकलन गरेको ३० हजार रुपैयाँ उपचारको लागि सहयोग गरेको हो । परिवारको खुट्टामा निस्किएको घाउको उपचारको लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको थियो । परिवारको अपिलपछि पारिवारिक अवस्था कम्जोर भएका उनलाई मलेसियामा रहेका फालगुनन्द निवासी १५ जना युवाले संकलन गरी पठाएको नगद ६ नम्बर वडाका अध्यक्ष नारायण प्रसाद आङदेम्बेले पीडित परिवारलाई हस्तान्त्रण गरेका हुन् ।
पिडीत परियारको एक वर्ष अघि खुट्टामा काँडा बिजेको थियो । काँडा बिजेको स्थानमा अचानक ठुलो घाउ भएपछि उनलाई थप उपचारको लागि झापाको विर्तासिटी अस्पताल लगिएको थियो । आर्थिक अभावकै कारण उपचार गर्न समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको थियो । यस समाजले लामो समयदेखि सामाजिक क्षेत्रमा निःस्वार्थ रुपमा सहयोग गर्दै आएको जनाएको छ ।-विश्व संचारबाट